दाङमा रोकिएको रेम्डिसिभिर बिक्री खुला गरिने भएको छ ।
कोरोना उपचारमा प्रयोग गरिने रेम्डिसिभिर निजी क्षेत्रले बिक्री गर्न नपाउने भन्दै औषधि ब्यवस्था विभाग नेपालगञ्जले हिजो बिक्रीमा रोक लगाएको थियो । यसको चौतर्फी बिरोध भएपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि बिक्री खुला गर्ने तयारी गरेको हो ।
आज रेम्डिसिभिर बिक्री सहज बनाउन आग्रह गर्न गएका तीन राजनीतिक दलका प्रतिनिधिसँग दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सो जानकारी दिनुभएको हो । उहाँले औषधि ब्यवस्था विभागसँग परापर्श गरिसकेकाले सेवाग्राहीलाई सहज होस् भनेर औषधि बिक्री आजैदेखि खुला गर्ने जानकारी दिएको नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।
यो बिषयमा जिल्ला प्रशासनको ध्यानाकर्षण गराउन नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज जीवन गौतम र तुलसीराम पुन ‘सुवास’, नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी र राजमो दाङका अध्यक्ष गणेश आचार्य डेलिगेशन जानुभएको थियो ।
दाङमा थोक औषधि ब्यवसायी संघको पहलमा सस्तो दरमा बिक्री भइरहेको रेम्डिसिभिर बेच्न हिजो मात्रै रोक लगाइएको थियो । औषधि ब्यवस्था विभाग नेपालगञ्जले औषधि बिक्री भइरहेको मेडिकलमा छापा हानेर बिक्री गर्न रोक लगाएको हो ।
थोक औषधि ब्यवसायी संघ लुम्बिनीको समन्वयमा आएको यो औषधि कालिका मेडिकलबाट सरकारी दरभन्दा कम मूल्यमा बिक्री हुँदै आएको थियो । प्रतिभाइल चार हजार नौ सय सरकारी मूल्य रहेकोमा निजी क्षेत्रबाट चार हजार आठ सयमै बिक्री थालेपछि यसमा बिभिन्न क्षेत्रको चासो बढेको थियो ।
यो पढ्नुहोस्…
र यो पनि …
दाङमा निजी क्षेत्रले ल्यायो रेम्डिसिभिर, सरकारी दरभन्दा कम मूल्यमै उपलब्ध गराइने
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।