• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा निजी क्षेत्रले ल्यायो रेम्डिसिभिर, सरकारी दरभन्दा कम मूल्यमै उपलब्ध गराइने




कोरोना संक्रमितको उपचारमा प्रयोग गरिदै आएको रेम्डिसिभिर दाङमा आएको छ । निजी क्षेत्रको पहलमा यो औषधि ल्याइएको हो ।

घोराहीको कालिका मेडिकलमा उपलब्ध हुने यो औषधि चिकित्सकको पर्चाका आधारमा मात्रै बिक्री गरिने छ । यो औषधिको कालोबजारी भइरहेको बेला दाङमा भने सरकारी मूल्यभन्दा घटाएर बिक्री गरिने छ ।

सरकारले प्रतिभाइल चार हजार नौ सयमा बिक्री गर्ने मूल्य तोकेको भए पनि यस्तो महामारीका बेला नाफा नखाने सोंचअनुसार खरिद मूल्य अर्थात प्रतिभाइल चार हजार आठ सयमै उपलब्ध गराइने कालिका मेडिकलका सञ्चालक बद्री खड्काले जानकारी दिनुभयो ।

थोक औषधि ब्यवसायी संघ लुम्बिनीको समन्वयमा औषधि ल्याइएको संघका प्रदेश सचिव दीपेन्द्र न्यौापनेले जानकारी दिनुभयो । केही दिनअघिसम्म यसको निकै कालोबजारी चलेको थियो । प्रतिभाइल ३२ हजारसम्म हालेर यो औषधि प्रयोग गरिएको थियो ।

आयान हेल्थ केयर प्रालिले बंगलादेशबाट २२ हजार भाइल रेम्डेसिभिर ल्याएको थियो । आयानले आगामी २५ तारिक भित्र थप २५ हजार भाइल रेम्डेसिभिर आइपुग्ने बताएको छ ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले रेम्डेसिभिर औषधिको अभाव नहुने भन्दै कोही कसैले अनावश्यक रुपमा औषधि घरमा लगेर नराख्न र कालाबजारीलाई प्रोत्साहित हुने कार्य नगर्न आग्रह गर्नुभयो । उहाँले अरु आयातकर्ताहरुले पनि रेम्डेसिभिर ल्याउँदै गरेको भन्दै रेम्डेसिभिर अभाव नहुने बताउनुभयो ।

रेम्डिसिभिर प्रभावकारी छ ?

रेम्डिसिभिर कोरोना भाइरसका लागि बनाइएको औषधि भने होइन । यो इबोलाका लागि बनाइएको हो । ‘रेम्डिसिभिरले भाइरसलाई एउटाबाट दुईवटा, दुईबटा चारवटा बन्नबाट रोक्ने काम गर्छ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत सरोज भट्टराई भन्छन्, ‘इबोलाका लागि बनाएको भए पनि भाइरसलाई रोक्न मद्दत गर्ने भएकाले कोरोनामा प्रयोग गरिएको हो ।’ रेम्डिसिभिर हाल अध्ययनका लागि मात्र प्रयोग गरिएको औषधि हो ।

Facebook Comments