• २४ आश्विन २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश ५ कै ठूलो जलविद्युत आयोजना रोल्पामा, सम्पर्क कार्यालय उद्घाटन




माडी जलाशययुक्त जलविद्युत् आयोजनाको सम्पर्क कार्यालय स्थापना भएको छ । १५६ मेगावाट क्षमताको आयोजनाको बिहिबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले आयोजना क्षेत्र माडीचौरमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

बिहिबार विहान कार्यालय उद्घाटन भएसॅगै आयोजनाले स्थलगत सम्भाव्यता अध्ययन थालेको छ । माडी जलाशययुक्त आयोजना प्रदेश नं. ५ कै ठूलो जलविद्युत् आयोजना हुनेछ ।

माडीमा चीन सरकारको स्वामित्व रहेको चीनकै ठूलो जलविद्युत् लगानी तथा उत्पादन कम्पनी पावर चाइना र नेपालको सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)को लगानी हुनेछ । चीनका राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमणको क्रममा माडी जलाशययुक्त आयोजनामा चीन र नेपालका सरकारी स्वामित्वको दुई कम्पनीले लगानी गर्ने सम्झौता भएको थियो ।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऊर्जामन्त्री पुनले माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने बताए । ‘राप्ती बेसीनमा १४ वटा विभिन्न आयोजना सञ्चालन हुँदैछन् । यसमध्येको महत्वपूर्ण यो आयोजना प्रदेश नं ५ कै गेमचेन्जर हुनेछ,’ मन्त्री पुनले भने ।

उनले आयोजना समयमै निर्माण सम्पन्न हुने बताए । ‘यस्ता आयोजनाको सम्भाव्यता अध्ययन दुई वर्ष लाग्छ । तर यो आयोजनाले १८ महिनामा विस्तृत अध्ययन सक्ने र निर्माण प्रक्रियामा जानेछ’ ऊर्जामन्त्री पुनले भने, ‘पावर चाइना र एचआइडीसिएलले यो आयोजनाको निर्माण गर्दैछन् । दुवै अनुभवी कम्पनी हुन् र समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने हाम्रो विश्वास छ ।’

ऊर्जामन्त्री पुनले माडी जलाशययुक्त बहुवर्षीय आयोजना भएको बताउँदै जलविद्युत् आयोजना सम्पन्न भएलगतै त्यहाँको पानीलाई दाङ लगेर सिंचाई गर्न आयोजना सुरू हुने बताए । उनले जलाशययुक्त आयोजना निर्माणमा सहयोगको लागि स्थानीयसॅग अनुरोध गर्न आग्रह गरे ।

‘यो आयोजनाले समृद्ध रोल्पा, सुखी रोल्पाली’को हाम्रो आकांक्षालाई पूरा गराउन सघाउ पुर्याउने छ’ उनले भने, ‘यसबाट यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ । स्थानीयको पहुँचमा हुने माछापालनबाट स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने छ ।’

कार्यक्रममा पावरचाइना यूरेसियाका उपाध्यक्ष पान टेनक्वूले यो आयोजना निर्माण तथा लगानी गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले पावर चाइनाले नेपालमा १० आयोजना निर्माण गरेको बताउँदै यो आयोजना समयमै सम्पन्न गर्ने बताए ।

एचआइडीसियलका कार्यकारी अधिकृत छविराज पोखरेलले नमूना माडी जलाशययुक्त आयोजनालाई नमूना जलविद्युत् आयोजनाको रूपमा निर्माण गरिने बताए । ‘यो आयोजना समयमै सक्छौँ । यो नमूना आयोजना बन्नेछ’ उनले भने, ‘यसका लागि हामीले आजबाटै फिल्डको काम सुरू गरिसकेका छौँ । स्थानीयको पूर्ण सहयोग हने प्रतिबद्धताबाट हामी उत्साहित छौँ ।’

आयोजना स्थल रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पाको गौरवको रूपमा रहेको आयोजनाका लागि मुआब्जा वितरणलगायतका सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comments