• ६ चैत्र २०८०, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निकै संघर्षका साथ डिग्री पढेका एउटा मेधाविको दुखद अन्त्य




रुकुमको दुर्गम गाउँ महतको तामारीमा जन्मेको एउटा बालकले भोलि वन विज्ञानमा स्नातकोत्तर गर्ला भनेर कमैले सोचेका थिए । त्यसो त सानैमा बुवाको निधन भएकाले आर्थिक अभावका कारण पनि उ आफ्नो लक्ष्यमा पुग्ला भन्ने स्थानीयले सोचेकै थिएनन् । तर, उनले निकै मेहनत गरे र दुःखजिलो गर्दै वन विज्ञानमा प्रथम श्रेणीमा स्नातकोत्तर गरे ।

यिनी मेधाविले जब आफ्नो प्रतिभा देखाउने बेला आएको थियो, २८ बर्षकै कलिलो उमेरमा उनी यो संसारबाट अस्ताउनुपर्यो ।

दाङको राम्रीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने यी मेधावि प्रतिभा हुन् रुकुमपूर्वको भूमे गाउँपालिका ६ तामारी घर भइ हाल घोराहीका विभिन्न कलेजमा शिक्षण गर्दै आएका नरेश ओली ।

स्नातकोत्तरपछि अध्यापन गर्न बाग्लुङ पुगेका नरेश महेन्द्र बहुमुखी क्याम्पस दाङमा शिक्षण अवसर पाएसँगै दाङ आउनुभएको हो । उहाँ यो क्याम्पसमा अध्यापन गर्न थालेको एक बर्ष पनि पुगेको छैन ।

दाङ आएसँगै दीपशिखाहुँदै उहाँ पछिल्लो समय सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा प्रवेश गर्नुभएको थियो, यही नै उहाँको अन्तिम यात्रा थियो ।

नरेश पाँच भाइमध्ये कान्छा छोरा हुनुहुन्थ्यो । आर्थिकरुपमा कमजोर भएकाले उहाँले निकै अभावका बीच संघर्ष गर्दैपढ्नुभएको उहाँका ठूला बुवाका छोरा रुकुमपूर्व जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली सम्झनुहुुन्छ । राजनीतिमा रहनुभएका प्रमुख ओलीसँगै हाल प्रदेश सांसद तेजबहादुर आली र पूर्वसांसद जुनकुमारी रोकालगायतको सहयोग पनि उहाँको प्रगतिका लागि महत्वपूर्ण आधार बन्यो ।

‘म अघिल्लोपटक आउँदा अहिले आर्थिक अवस्था कस्तो छ भनेर सोधेको थिएँ’– उहाँले सम्झनुभयो– ‘क्याम्पस र दीपशिखाबाट ५० हजार जति हुन्छ, सेनस्मृतिमा पनि जोडिदैछु, अब राम्रो हुँदैछ दाइ भन्थ्यो तर त्यो खुशी धेरै दिन टिक्न सकेन, हाम्रो परिवार मात्र होइन देशकै एउटा सज्जन छोरा गुमेको छ ।’

जनता मावि महतबाट एसएलसी, पद्योदयबाट १२, महेन्द्र बहुमुखी क्याम्पसबाट बीएससी गरेका उनले कीतिपुरबाट एमएससी गरेका हुन् ।

रुकुम चुनवाङको बिष्ट परिवारबाट विवाह गरेका नरेशकी एउटी सानी छोरी छन् भने ७२ बर्षीया बृद्धा आमा रोजना गाउँमै हुनुहुन्छ ।

Facebook Comments