अब किसानको समृद्धि दूधबाटः मन्त्री केसी

कर्णाली प्रदेशको भूमी, व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले रुकुम पश्चिमको समृद्धिको बलियो आधार भनेको दुध भएको बताउनुभएको छ । जिल्लाका अधिकांश ठाउ“मा पशु पालन गर्ने र उक्त दुध बजार पु¥याउन सके समृद्धिको ढोका खोल्न सक्ने उहाँको भनाई छ । नागरिक दुग्ध सहकारी संस्था लिमिटेड मुसीकोट नगरपालिका ४ को पाँचौ वार्षिक साधारण सभाको उद्घाटन …..


सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माुकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई आज (विहिबार) ललितपुरमा सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो । सहकारी अब विकासको दिशातर्फ जानुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशिलता, व्यवसायिकतामा जानुपर्ने बताउनुभयो । राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत …..


उखु किसानका पक्षमा त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन

चिनी उद्योगले उखुको रकम भुक्तानी नगर्दा ऋणमा पिल्सिएका उखु किसानका पक्षमा त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले प्रदर्शन गरेका छन् । मंगलबार उनीहरुले समाजशास्त्र केन्द्रीय विभागबाट जुलुस निकाल्दै उखु किसानमाथी भैरहेको शोषण अन्त्य गर्न माग गरे । वर्षौंदेखि उखुको रकम भुक्तानी नभएकाले न्याय माग्न काठमाडौ आएका उखु किसानलाई अबिलम्ब न्याय दिनुपर्ने आसयका ब्यानरसहित विद्यार्थीहरुले प्रदर्शन …..


नमूना सहकारी गाउँमा सहकारी मन्त्री, नाम मात्र होइन कामकै नमूना बनाउन आग्रह

कर्णाली प्रदेशकी भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी नेतृत्वको टोलीले रुकुम पश्चिमको मुसीकोट नगरपालिका ९ का विभिन्न आयोजनाको अनुगमण गरेको छ । नमूना सहकारी गाउँ अन्तरगत कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट संचालित योजनाको अनुगमण गरियो । मुसीकोट नगरपालिका ९ चौखावाङमा रहेको कामी बुढा स्मृति जनकृषि सहकारी संस्थाले सुरु गरेको भैंसि …..


हिमाली अनुसन्धान केन्द्रमा तरकारी फल्यो लटरम्मः मूल्य भने आलु प्रतिकिलो १८ र गोभी २५ रुपैयाँ

भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर लगायतले सोमबार स्थलगत अनुगमन गर्नुभएको छ । मारिङ एकीकृत कृषि अनुसन्धान केन्द्रको स्थलगत कार्य प्रगति अनुगमन गर्नुभएको हो । मारिङमा कृषि प्राविधिक २ जना र सहयोगी एक जना गरी तीन जना जनशक्ति खटाई पालिकाले अनुसन्धानको काम शुरु गरेको छ । पालिकाले अनुसन्धान योजनालाई पूर्णता दिनको लागि मारिङ एकीकृत कृषि …..


सात घरपरिवारलाई गोठ निर्माणसहितको ४२ वटा बाख्रा हस्तान्तरण

रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर २ खाबाङका सात घरपरिवारलाई गोठ र बाख्रा हस्तान्तरण गरिएको छ । एक अनौपचारिक कार्यक्रमका बिचमा सात घरपरिवारलाई गोठ सहितको लोकल सिनहाल प्रजातिका ४२ वटा बाख्रा हस्तान्तरण गरेको हो । युनाइटेड मिसन टू रुकुम क्लस्टर (युएमएन)को आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल)को प्राविधिक सहयोग रहेको …..


यस्तो छ स्नातकपछि कुखुरा पालनमा जुटेका उद्यमी युवाको कथा

भरिलो, हँसिलो मुहार । खाइलाग्दो ज्यान । कलकलाउँदो जोवन । जोसजाँगरले भरिएको मन । शिष्ट,सरल स्वभाव । रुकुमपूर्वकोे भूमे गाउँपालिका–३, क्याङ्सीका विक्रम रोका मगरकोे हातमा छ, स्नातक पासको प्रमाणपत्र । दुई महिना कुखुरा पालनबाट नै मनग्य आम्दानी हुन लागेको सुनाउदै भन्नु हुन्छ, विदेशमा नेपाली युवा त्यतिकै परिराखेका छन् अलपत्र । उहाँले शिक्षा संकायमा स्नातकसम्मको पढाई …..


हिमाली दूध घीउले बजार पाएन, खाएर बचेको कुकुरलाई दिनुपर्ने बाध्यता

भौगोलिक बनोटमा निकै मिलेको छ प्रदेश नम्बर पाँच । तराइको मर्चवारदेखि हिमालको मैकोटसम्म यही प्रदेशमा पर्दछ । हिमाली क्षेत्र बहुमूल्य जडीबुटी र अर्गानिक कृषि उत्पादनका लागि निकै महत्वपूर्ण मानिन्छ तर अहिलेसम्म यसको आवश्यक परीक्षण र बजारीकरण हुन सकिरहेको छैन । प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वका खर्कहरुमा यतिबेला गोठालाहरुको लाम छ । उनीहरुले …..


दाङमा शुरु भयो अर्गानिक उत्पादन, परीक्षण नहुँदा मूल्य भने एउटै

घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने रामपुरको बुका गाउँमा अर्गानिक उत्पादन शुरु गरिएको छ । पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालको अगुवाइ तथा स्थानीय समुदायको सक्रियतामा गत बर्षको भदौदेखि अर्गानिक पकेट क्षेत्र निर्माणको योजना शुरु भएको थियो । त्यसका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपिको जिइएफ÷एसजिपीको केही सहयोग गरेको छ । …..


वाह ! बुकी पाटनः जहाँ लुकेका छन् लेखिनसक्नु गोठालाका कथा

वरिपरि गोठै गोठको छरछिकमेक । चारैतिर हरियाली तथा मडारिएको कुहिरो । गर्मीयाममा पनि मुटु कमाउने चिसो मौसम । चरीको चिरबिर, गोठालाहरुको सुरिलो बाँसुरीको धुन । गाईभैंसी, बाख्रा र घोडाखच्चर चरनमा सराबरी । एउटा छुट्टै समाज, एउटा पृथक संस्कार । मानव समाजको इतिहास हराइसकेको आदिम मानवहरुको यायावर जीवनजस्तो लाग्ने फरकपन । हजारौं बर्षअघि आदिमकालबाट कृषि समाजमा …..