• ६ बैशाख २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘जिटुजी’ मार्फत खरिद हुँदै रासायनिक मल खरिदको तयारी




सरकारले छिमेकी मुलुक भारतसँग जिटुजी (सरकार–सरकार) प्रणालीमार्फत डेढ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ। पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मल आपूर्ति प्रभावित भएपछि यस्तो निर्णय लिइएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन अन्य मल खरिदका लागि भारतसँग पत्राचार भइसकेको छ र भारतीय पक्षबाट सकारात्मक संकेत प्राप्त भएको छ।

हाल देशमा करिब १ लाख ७० हजार मेट्रिक टन मल मौज्दात रहेको छ, जुन असारसम्म मात्र पर्याप्त हुने बताइएको छ। युद्ध लम्बिएमा आपूर्ति झन् कठिन हुने चिन्ता छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य २५–३० प्रतिशतसम्म बढिसकेको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि २० अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ। तर, टेन्डरमार्फत मल आपूर्ति हुन नसक्दा धान रोपाइँको समयमा अभाव हुने जोखिम देखिएको छ।

नेपालमा वार्षिक करिब ७ लाख मेट्रिक टन मलको माग हुन्छ, तर पर्याप्त आयात हुन नसक्दा हरेक वर्ष किसानले समस्या भोग्दै आएका छन्। यस्तो अवस्थामा सरकारले जैविक र प्राङ्गारिक मलको प्रयोग बढाउन पनि जोड दिएको छ।

Facebook Comments