• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा ६९औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै, विविध कार्यक्रम तय




दाङ । जिल्ला सहकारी संघ लि. दाङले आज घोराहीमा पत्रकार सम्मेलन आयोजना गर्दै ६९औँ राष्ट्रिय सहकारी दिवस–२०८२ का कार्यक्रम सार्वजनिक गरेको छ। “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित दिवस मनाउन लागिएको जानकारी दिइएको हो।

संघका अध्यक्ष हेमराज गौतमको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जिल्लाभर सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

जिल्लाका पालिकाहरू तथा सहकारी संस्थासँग समन्वय गर्दै कार्यक्रमहरू तय गरिएको जनाइएको छ।

कार्यक्रम अनुसार चैत १६ गते “राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवश्यकता” विषयक अन्तरक्रिया, चैत १७ गते अपाङ्गता भएका नागरिकलाई सहयोग वितरण, चैत १८ गते रक्तदान, चैत १९ गते अन्तरसहकारी हाजिरी जवाफ प्रतियोगिता तथा चैत २० गते मूल समारोह आयोजना गरिनेछ।

 

संघले सबै सहकारीकर्मी, सरोकारवाला तथा नागरिकलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेको

Facebook Comments