• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवामा सहकारी व्यवस्थापक तथा कर्मचारीका लागि कोपोमिस तालिम सुरु




आलोक भावुक 
गढवा। दाङ देउखुरीको गढवा गाउँपालिकामा सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूका लागि दुईदिने कोपोमिस (COPOMIS) तालिम बिहीबारदेखि सुरु भएको छ। तालिम गढवा गाउँपालिकाको सभाहलमा सञ्चालन भइरहेको छ।

गाउँपालिकाभित्र क्रियाशील विभिन्न सहकारी संस्थाबाट २३ जना व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको उक्त तालिममा गढवा गाउँपालिकाका रोजगार सहायक सत्यपाल यादव प्रशिक्षकको रूपमा रहनुभएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले सहकारी संस्थालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न कोपोमिस तालिम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार कोपोमिस प्रणालीले सहकारीको कामलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउँदै कागजी प्रक्रियाबाट डिजिटल प्रणालीतर्फ रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छ।उहाँले सहकारी संस्थाहरूलाई प्रणालीमा आबद्ध गराई प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न यस्तो तालिमको आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवले कोपोमिस भनेको सहकारीको सबै काम (सदस्य, बचत, ऋण, हिसाब–किताब आदि) कम्प्युटरमा राख्ने र चलाउने प्रणाली भएको बताउनुभयो। कोपोमिसले सदस्यहरूको विवरण राख्ने,बचत र ऋणको हिसाब राख्ने

शेयर व्यवस्थापन गर्ने,दैनिक/मासिक/वार्षिक रिपोर्ट बनाउने, लेखा परीक्षण सजिलो बनाउने जस्ता महत्त्वपूर्ण कार्य सहज हुने बताउनुभयो। कोपोमिस भनेको सहकारी सञ्चालन गर्ने आधुनिक डिजिटल प्रणाली हो। वर्तमान समयमा यो बिना सहकारी संस्था लाई सबल र सुदृढ बनाउन सहज नहुने भएकाले तालिम अवधिभर ध्यानदिन अनुरोध गर्नु भयो।

उद्घाटन कार्यक्रमको सहजीकरण रोजगार सहायक सत्यपाल यादवले गर्नुभएको थियो।

Facebook Comments