• २ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सहकारी दिवसमा दाङमा रक्तदान: १४ जनाद्वारा जीवनदान




दाङ ।६९औँ राष्ट्रिय सहकारी दिवस–२०८२ को अवसर पारेर दाङमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय दाङ र दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

नेपाल रेडक्रस सोसाइटी को रक्त सञ्चार केन्द्र, घोराहीमा आयोजित उक्त कार्यक्रममा विभिन्न सहकारी संस्थासँग आवद्ध पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा १४ जनाले रक्तदान गर्दै मानव जीवन बचाउने अभियानमा योगदान दिएका छन्।

कार्यक्रम दाङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिमल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने दाङ जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न पदाधिकारी, नेफ्स्कून सदस्य सेवा कार्यालयका प्रतिनिधि, रेडक्रसका प्राविधिक तथा शाखा प्रमुखसहित करिब २५ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको सुरुवातमा संघका उपाध्यक्ष भगवती शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव रामकृष्ण आचार्यले गर्नुभएको थियो।

सहकारी दिवसको सन्दर्भमा आयोजित यस्तो कार्यक्रमले सामाजिक उत्तरदायित्वलाई मजबुत बनाउँदै सहकारी अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

Facebook Comments