दाङ । दाङको घोराहीस्थित कलस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज शनिवार घोराहीमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। संस्थामा आबद्ध नयाँ सेयर सदस्यहरूलाई सहकारीको सिद्धान्त, उद्देश्य तथा संस्थाको गतिविधिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालचन्द्र शर्माले सहकारीमा बचतकाे महत्त्व,बचत तथा ऋण उपभाेगकाे महत्त्व ,बैंक र सहकारीविचकाे भिन्नता,जाेखिम न्यूनीकरणका उपायहरू लगायतका विषयमा जानकारी गराउनुभएकाे थियाे । त्यसैगरी संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले संस्थाको स्थापना, उद्देश्य तथा संस्थाले सञ्चालन गरिरहेका विभिन्न बचत र ऋण कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियाे ।
सहकारी बजार परियोजना प्रमुख कमल थपलियाले सहकारी पसलबाट सदस्यहरूले किनवेच गरेमा सदस्यहरूलाई नै त्यसकाे फाइदा पुग्ने भएकोले सवैलाइ सहकारी पसलवाट किनमेल गर्न आग्रह गर्नुभयाे । उहाले सहकारी पसलमा अनेत्र भन्दा गुणस्तरीय सामान पाइने र सदस्य सवैकाे साझा पसल भएकोले त्यसलाई प्रभावकारी रूपमा चलाउने काम पनि सदस्यकाे नै भएको बताउनुभयाे ।।कार्यक्रममा सहभागी नयाँ सेयर सदस्यहरूले सहकारीको अवधारणा, सदस्यको अधिकार तथा कर्तव्य, बचत तथा ऋण व्यवस्थापन लगायत विषयमा जानकारी प्राप्त गरेका थिए।
कार्यक्रमले सदस्यहरूलाई सहकारीप्रति थप सचेत र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो शिक्षा उपसमितिका संयाेजक केशव रिजालको स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमकाे सहजिकरण सचिव विमल याेगीले गर्नुभएको थियाे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
