• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पा बस दुर्घटना : मृतक र घाइते सबैको पहिचान खुल्यो (विवरणसहित)




घोराही । रोल्पाको त्रिवेणी गाउँपालिका – ७ तिलास्थित रिची गाउँ नजिकै भएको बस दुर्घटनामा परी ज्यान गुमाउने चारै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा माडी बस्ने अन्दाजी २१/२२ वर्षीय प्रकाश बाठा, माडी ४ मा बस्ने अन्दाजी ५०/५१ वर्षीय गोर्खे डाँगी, गोर्खे डाँगीको श्रीमती ५० वर्षीय हस्ता डाँगी र परिवर्तन–३ बस्ने अन्दाजी ४५/४६ वर्षीय भक्त बिक रहेका छन् ।

त्यसैगरी दुर्घटनामा बस चालकसहित १८ जना घाइते भएका छन् ।घाइते सबैको उद्धार गरी उपचारका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको  प्रहरीले जनाएको छ ।

आज मंगलबार दिउँसो १ः १५ बजेतिर ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । घटनाबारे थप अुनसन्धान र उद्धार कार्य भइरहेको प्रहरीले जानकारी दिएको  छ ।

यस्तो छ, घाइतेका विवरण ः
१. जिल्ला रोल्पा माडी गापा – ६ बस्ने बर्ष १४ को नबिन बुढाको खुट्टामा चोट, बोल्न सक्ने अवस्था मध्यम ।
२.ऐ.त्रिबेणी गापा– ७ छम्पासुनारी बस्ने बर्ष ६२ को कमान सिंह सुनारको टाउकोमा चोट,बोल्न सक्ने अवस्था मध्यम ।
३.ऐ.रोल्पा नगरपालिका–६ दार्वोट बस्ने वर्ष २५ को कमान सिंह घर्तिको शरीरको बिभिन्न भागमा चोट,अवस्था सिरीयस ।
४.ऐ.माडी गापा– ४ बस्ने बर्ष ९ को मिलन डाँगीको शरीरको बिभिन्न भागमा चोट, बोल्न सक्ने अबस्था मध्यम ।
५.ऐ. माडी गापा – ६ कोर्चावाङ बस्ने बर्ष १५ को मुकेश पुनको हातमा चोट,बोल्न सक्ने अवस्था मध्यम ।
६.ऐ.ऐ.माडी गापा – २ घर्तिगाउ बस्ने बर्ष २० को जितेस बाठाको शरीरको बिभिन्न भागमा चोट,अवस्था सिरीयस ।
७.ऐ.ऐ. बस्ने बर्ष २३ की हिमानी घर्तिको हात खुट्टामा चोट,बोल्न सक्ने अवस्था मध्यम ।
८.हिमानी घर्तिको छोरा ११ महिनाको ओल्सन घर्ति,अवस्था मध्यम ।
९.ऐ. माडी गापा –४ बस्ने बर्ष २२ कबिता खड्काको शरिरको बिभिन्न भागमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१०.कबिता खड्काको छोरा बर्ष ५ को युस खड्काको शरिरको बिभिन्न भागमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
११.ऐ. माडी गापा – ४ बस्ने बर्ष २६ कि मिना डाँगी हातमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१२. ऐ. २ घर्तिगाउ बस्ने बर्ष २८ बस्ने तिरपना बाठाको ढाडमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१३. ऐ. परिवर्तन गापा – ३ बस्ने बर्ष २४ को खुम्बु बुढा सामान्य ।
१४.ऐ. त्रिबेणी गापा – २ नुबागाउ बस्ने बर्ष अं. १७ कि पुर्णीमा बुढा शरिरको बिभीन्न भागमा चोट,अबस्था सिरियस ।
१५.ऐ.ऐ. बस्ने बर्ष १३ कि सुस्मिता बुढा ढाडमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१६.ऐ. माडी २ बस्ने बर्ष ४० कि बिर्जना घर्ति ढाडमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१७.ऐ.माडी गापा – २ घर्तिगाउ बस्ने बर्ष २४ को कमल खड्काको शरिरको बिभिन्न भागमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१८.रोल्पा नगरपालिका – ६ दारबोट बस्ने बर्ष २४ को ईन्द कुमार घर्तिको अबस्था सामान्य ।
१९. जिल्ला दाङ घोराही उपमहानरपालिका – १२ हापुर बस्ने बर्ष २४ को हुमराज बस्नेत ,टाउकोमा चोट ,अबस्था सामान्य,नियन्त्रणमा रहेको । (चालक)

मृतक बिबरणको
१-ऐ.माडि बस्ने बर्ष अं.२१/२२ को प्रकाश बाठा ।
२.ऐ.-४ बस्ने बर्ष अं. ५०/५१ को गोर्खे डाँगी ।
३.गोर्खे डाँगीको श्रीमती बर्ष ५० कि हस्ता डाँगी ।
४.ऐ. परिवर्तन-३ बस्ने बर्ष ४५/४६ को भक्त बि.क. ।

थप योपनि पढ्नुहोस् ।

रोल्पा बस दुर्घटना अपडेट : चार जनाको मृत्यु, १५ जना घाइते

रोल्पाको त्रिवेणीमा बस दुर्घटना

 

Facebook Comments