• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पा बस दुर्घटना अपडेट : चार जनाको मृत्यु, १५ जना घाइते




घोराही । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् ।

रोल्पाको शहीमार्ग अन्तर्गत बागमाराबाट दाङ घोराही आउँदै गरेको ना ५ ख २६१२ नम्बरको यात्रुबाहक बस त्रिवेणी गाउँपालिका–७ तिलाबजार नजिकै दुर्घटना हुँदा एकजना महिलासहित ३ जना पुरुषको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक मधुसूधन विश्वकर्माले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका सबैलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान हुन बाँकी छ ।

बाटो चिप्लो भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको पराम्भिक अनुसन्धान रहेको छ । मंगलबार दिउँसो १ बजेतिर ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको हो ।

 

Facebook Comments