• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश सांसद बिमला भोलि सार्वजनिक हुने




केही दिनदेखि मुख्यमन्त्री निवासमा राखिएको भनिएकी दाङ ३(२) की प्रदेशसभा सदस्य बिमला खत्री ओली भोलि सार्वजनिक हुनुहुने भएको छ ।

केही दिनदेखि बन्धकको रुपमा राखिएकी खत्री भागेर सुरक्षित हुन सफल भए पनि आज आराम गरेर भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने उहाँनिकट स्रोतले जानकारी दिएको छ ।

‘उहाँ मुख्यमन्त्री निवासबाट बाहिरिएर सुरक्षित भइसक्नुभएको छ’– बिमलानिकट स्रोतले भन्यो– ‘सबै कपडालत्ता भित्रै छाडेर निस्केकाले आज आराम गर्नुहुन्छ, भोलि मात्रै सार्वजनिक हुन्छु भन्नुभएको छ ।’

यो जानकारी उहाँले आफूसम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रलाई पनि गराइसकेको स्रोतले जनाएको छ । ‘उहाँले पार्टी संसदीय दलका नेता कुलप्रसाद केसीलाई म्यासेज गरेर आफू घेरा तोडेर बाहिर आइसकेको र सुरक्षित भइसकेको जानकारी गराउनुभएको छ’– स्रोतले भन्यो– ‘उहाँले आफूलाई बलजफ्ती एमालेको विज्ञप्तिमा हस्ताक्षर गराए पनि आफू माओवादी केन्द्रमै रहेको पनि स्पष्ट गर्नुभएको छ ।’

आफूलाई बलजफ्ती उठाएर ल्याएको र बलजफ्ती हस्ताक्षर गर्न लगाएको उल्लेख गर्दै बिमलाले पत्रकार सम्मेलन गरी एमालेमा फर्केको घोषणा गर्न भनिए पनि आफूले ‘यही गर्न मलाई ल्याउनुभएको हो ?’ भन्दै पत्रकार सम्मेलन गर्न नमानेको जानकारी पनि निकटवर्तीहरुलाई गराउनुभएको छ ।

स्रोतका अनुसार बिमलालाई नियन्त्रणमा राख्न एक महिला सांसद र एक पुरुषलाई जिम्मा दिइएको थियो । ती महिला सांसद बाहिर निस्केको र पुरुष अनलाइन कक्षा पढिरहेको बेला बिमला निस्केको स्रोतको भनाई छ । ‘आज धेरै तनावमा हुनुहुन्छ, फ्रेस भएपछि भोलि मात्रै मिडियामा बोल्छु भन्नुभएको छ’– स्रोतले भन्यो ।
यो पनि पढ्नुहोस्

प्रदेशसभा सदस्य बिमला मुख्यमन्त्री निवासमा रहेको दाबी

Facebook Comments