• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेशसभा सदस्य बिमला मुख्यमन्त्री निवासमा रहेको दाबी




केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ ।

उहाँ उपचारका लागि नेपालगञ्जमा रहेको भनिए पनि नेपालगञ्ज नलगेर एमालेका नेताहरुले बुटवल पुर्याएको र मुख्यमन्त्री निवासीमा राखिएको स्रोतको दाबी छ । दाङस्थित घरबाट केही एमाले नेताहरुले गोप्यरुपमा बुटवल पुर्याएको, त्यहाँ लगेर केही दिन नेता भूमीश्वर ढकालको घरमा राखेको र शहरी तथा ग्रामीण विकास मन्त्री हरिप्रसाद रिजालको गाडीमा राखेर मुख्यमन्त्री निवास प्रवेश गराएको नाम नभन्ने शर्तमा एक एमालेले नेताले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकार दोस्रोपटक गठन हुने बेलामा सांसद खत्रीले माओवादी केन्द्र रोज्नुभएको थियो । अहिले सरकार अल्पमतमा रहेकाले बहुमत जुटाउने प्रयासस्वरुप खत्रीलाई एमालेमा फर्काउने प्रयास भइरहेको छ ।

सोही प्रयासअनुसार उहाँलाई केही आफन्तको सहयोगमा घरबाट गाडीमा राखेर बुटवल पुर्याइएको र केही दिनमा उहाँ पत्रकार सम्मेलन गरेर आफू एमालेमा फर्केको जानकारी दिने तयारीमा रहेको पनि ती नेताले बताए । ‘उहाँहरुबीच केही गोप्य कुरा भइरहेको होला, सबै कुरा मिलेपछि आफै सार्वजनिक हुनुहुन्छ’– ती नेताले भने ।

अहिले लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । बिमला एमालेमा फर्केपछि र माओवादी छाडेर एमाले बनेका दुई सांसदको पद सर्वोच्चबाट पुनस्र्थापना भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी भएकाले सोही तयारीअनुरुप यो काम गरिएको ती नेताको दाबी छ । उनका अनुसार अदालतको आदेश नआउँदासम्म विश्वासको मत लिने काम केही दिनका पछि सारिएको छ ।

Facebook Comments