• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसी बिकको गोरखा अस्पतालले निशुल्क उपचार गर्नेः समाचार लेख्ने पत्रकारले नै लगे अस्पताल




हाँत भाँचिएको दुइ सातासम्म पनि उपचार पाउन नसकेको दाङ शान्तिनगर ३ माइलीपानीकी तुलसी बिकको आजदेखि उपचार शुरु भएको छ ।

घोराहीस्थित गोरखा हस्पिटल प्रालिले सम्पूर्ण लाग्ने खर्च निशुल्क गर्ने घोषणा गर्दै उपचार शुरु गरेको हो ।

बिक आजै अस्पताल पुग्नुभएको छ ।

उहाँको पीडाबारे समाचार लेखेर जानकारी गराउने पत्रकार अर्जुन परियारले आफै उद्दार गरी अस्पतालसम्म ल्याइपु¥याउनुभएको छ ।

अस्पताल पुगेलगत्तकै डा. आकाश पोख्रेलले उपचार शुरु गरेको अस्पतालका निर्देशक दिनेश आचार्यले जानकारी दिनुभयो ।

अस्पतालमा लाग्ने खर्च अस्पतालले निशुल्क गर्ने र औषधि पनि अस्पताल परिसरमै रहेको सुबिना फर्माले निःशुल्क गर्ने आचार्यले जानकारी दिनुभयो ।

हात भाँचिएको लामो समय भएकाले तुलसीको शल्यक्रिया गर्नुपर्ने भएको छ । एक्स–रे गर्दा शल्यक्रिया गर्नुपर्ने आवश्यकता देखिएको अस्पतालले जनाएको छ ।

उहाँको शुक्रवार शल्यक्रिया हुनेछ ।

अस्पतालमा लाग्ने सम्पूर्ण खर्चका साथै अस्पतालले विरामी र विरामी कुरुवाका लागि खाने बस्ने ब्यवस्थासमेत गरेको निर्देशक आचार्यले जानकारी दिनुभयो । तुलसीसँगै उहाँका तीन जना छोराछोरी पनि सँगै आएका छन् ।

यो पनि पढ्नुहोस्

झुपडीभित्रकी दिदीको पीडाः हात भाँचिएको दुइ हप्ता भयो, पैसा नहुँदा उपचार भएन

Facebook Comments