• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
झुपडीभित्रकी दिदीको पीडाः हात भाँचिएको दुइ हप्ता भयो, पैसा नहुँदा उपचार भएन




शान्तिनगर ३ माइलीपानीकी तुलसी बिकको परिवार झुपडीमा बस्दै आएको धेरै भयो । दिनभरि अरुको काम गर्ने र साँझ त्यसबाटै आएको पारिश्रमिकले परिवार पाल्नु उहाँको दिनचर्या थियो । तर, करीब दुइ हप्ताअघि लडेर हात भाँचिएपछि तुलसी झुपडीभित्रै थलिनुभएको छ ।

तीन बर्षअघि श्रीमानले दास्रो विवाह गरेपछि तुलसी तीन छोराछोरीको सहारा बनेर बस्नुभएको थियो । अरुकै काम गरेर भए पनि जनतन गुजारा चलेकै थियो ।

त्यसबाटै उहाँले १४ वर्षकी छोरी र ११ वर्षको छोरा पढाइरहनुभएको थियो । पहिले नै हातका दुइ औला गुमाएकी तुलसीको अर्को हात पनि भाँचिएपछि यो परिवारमा सहारा नै खोसिएको छ ।

‘अब त हात भाँचिएपछि केही गर्न नसक्ने भएकी छु’– उहाँले भवन्नुभयो– ‘ठूली छोरीको स्कूल बिदा छ, अहिले उ खेत रोप्न जान्छे र केही ल्याएर आएपछि हामी पनि खान्छौ नत्र भोकभोकै बस्नुपर्ने अवस्था छ ।’

लडेर हात भाचिएपछि आफूले काम गर्न नसक्ने अबस्थामा रहेकी उहाँले हातको उपचारसम्म पाउन सक्नुभएको छैन । उहाँ भन्नुहुन्छ– ‘हात भाचिएको करिब २ हप्ता भयो तर उपचार गर्ने पैसा नहुँदा काप्री बानेर बसेकी छु ।’

सरकारले उपचार नपाएर कोही मर्नुपर्दैन र अब कोही रुनु पर्दैन भनिरहेको बेला तुलसी भने हात भाँचिएको उपचारबाटै वञ्चित हुनुभएको छ ।

कमाउने कोही नहुँदा ऋण मागेर उपचार गर्न पनि नसकेको पीडा उहाँले व्यक्त गर्नुभयो । ‘कतैबाट सहयोग पाउन पनि सकिनँ, अब नानीको स्कुल लागेपछि कसरी खाने खर्चको जोहो गर्ने हो भन्ने चिन्ताले पिरोलि रहेको छ’– उहाँले पीडा पोख्नुभयो । वर्षातको समयमा चुइने घरमा बस्न बाध्य तुल्सी हात भाचिएपछि कुनै पनि काम गर्न नसक्ने हुनुभएको छ ।

घरमा टिन लगाउने सपना पनि अधुरै


घरले छाएको सानो झुपडीमा बसेकी तुलसीलाई स्थानीय चुनावदेखि टिनको छाना लगाउने रहर जाग्यो । ‘नेताहरु चुनावमा भोट भाग्दै टिनको छाना लगाइदिन्छौं भन्दै आएपछि घरले टिन पाउँछ कि भन्ने आशा बढेको थियो’– उहाँले भन्नुभयो– ‘नभन्दै मेरो वडा कार्यालयले ४६ घरधूरीलाई टिन पनि बाँड्यो तर त्यो सूचिमा म परिनँ ।’

तर, वडा कार्यालयसम्म पहुँच नहुँदा आफूले टिन नपाएको तुलसीको गुनासो छ ।

शान्तिनगर गाउँपालिका अध्यक्ष कामनसिहं डागीले भने गाउँपालिकाले तत्काल उहाँको निशुल्क उपचारको सिफारिस गर्न सकिने बताउनुभयो । उहाँले पालिकाले सरकारी अस्पतालमा उपचारका लागि सिफारिस दिन सक्ने बताउनुभयो ।

Facebook Comments