प्युठानको गौमुखी गाउँपालिका ठूलाबेसी निवासी १० वर्षीय बालक शिशिर केसीलाई झिम्रुक नदीले बगाउँदा उद्दार गरि जीवनदान गर्ने दुई किशोरलाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गर्ने भएको छ ।
संविधान दिवसको अवसरमा सार्वजनिक गरिएको पदक घोषषामा उनीहरुको नाम समावेश छ । जनसेवाश्री पदकको ३७ र ३८ औं नम्बरमा उनीहरुको नाम समावेश छ ।
गौमुखी मावि ठूलावेशीमा अध्ययनरत पूजा जारगाउँ प्युठानका सुशील सुनार र चन्द्र सुनारलाई सो पदकले सम्मान गरिने भएको हो । उनीहरुले गत असारको अन्तिम साता विद्यालयबाट फर्कदै गरेको बेला नदीमा बग्दै गरेका बालकको उद्धार गरेका थिए ।
उनीहरु गौमुखी माविमा कक्षा ९ र १० पढ्छन् ।
यो पनि पढ्नुहोस् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।