लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले त्यसका लागि सूचना जारी गरेको छ ।
माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा १७ वैशाखमा उपनिर्वाचनको मिति तय भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा सत्तारुढ एमाले र बाँकी दलहरुको गठबन्धनबीच प्रतिष्पर्धा हुनेछ । एमालेले संभवतः खड्कालाई नै उम्मेदवार बनाउने छ भने माओवादी–कांग्रेस–जसपा–माधव नेपाल पक्षीय एमालेको गठबन्धनले कांग्रेसका दीर्गनारायण पाण्डेलाई उम्मेदवार बनाउने सहमति गरेको छ ।
एमालेबाट प्रदेशमा निर्वाचित कपिलबस्तुका पाण्डे केही दिनअघि राजीनामा गरी कांग्रेस प्रवेश गर्नुभएको थियो ।
यो पनि..
राष्ट्रियसभा चुनावमा कांग्रेस–माओवादी–नेपाल पक्षीय एमालेबीच तालमेल
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।