• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रियसभा चुनावमा कांग्रेस–माओवादी–नेपाल पक्षीय एमालेबीच तालमेल




नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपालपक्षले वाग्मती प्रदेश अन्तर्गत हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार कांग्रेस, माओवादी र नेपालपक्षको तर्फबाट साझा उम्मेदवार देवाकोटालाई बनाउने निर्णय भएको हो ।

मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नेपालको छलफलबाट देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति भएको नेता श्रेष्ठले बताए । संघीयता विज्ञ देवकोटा एमालेको नेपाल पक्षधर मानिन्छन् ।

तत्कालीन माओवादीले रामबहादुर थापालाई राष्ट्रियसभा उम्मेदवार बनाएको थियो । थापा एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारबाही गर्दा वाग्मतीमा राष्ट्रियसभाको एक पद रिक्त छ । उक्त पदमा जेठ ६ गते उपनिर्वाचन हुँदै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा थापालाई नै उम्मेदवार बनाउने घोषणा गरेका थिए ।

लुम्बिनी प्रदेशमा हुने निर्वाचनमा पनि एमाले परित्याग गरेर कांग्रेस प्रवेश गरेका कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाउने प्रदेशस्तरमा सहमति भइकसेको छ । माओवादीबाट निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि राष्ट्रिय सभा सदस्य पद रिक्त छ ।

Facebook Comments