• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः मलाई मेरै भविष्य जित्नु छ





पुरन शर्मा

उसले भनेजस्तो
सबै जित्नु छैन मलाई
उसका चिज र बस्तु
कल्पना र सपना
उसैका हुन्
उसैले जितोस् ।

मलाई, सबै जित्नु छैन
जित्नु छ त केवल
विकराल भोकलाई जित्नु छ
निर्दयी रोगलाई जित्नु छ
अशिक्षा अनि
अन्धकारलाई जित्नु छ

निरपराध नागरिकमाथिको
निकृष्ट अन्यायलाई जित्नु छ
आम नागरिकको
न्यायिक सुख जित्नु छ

उसले भनेजस्तो
उसको संसार लुट्नु छैन्
मलाई मेरै जिन्दगी जित्नु छ
मलाई मेरै भविष्य जित्नु छ

नवलपुर, दाङ
यो पनि पढ्नुहोस्ः

कविताः भाग् या संयोग

Facebook Comments