• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः भाग् या संयोग




पुरन शर्मा

‘भाग्य’ हुन्थ्यो भने
के हुन्थ्यो, थाहा छैन
‘ूलेखिएको’ हुने भए
के लेखिन्थ्यो, थाहा भएन
तर, यत्ति थाहा छ
संयोग जुर्यो मेरो जिवनमा
मेरै जीवनमा थुप्रै संयोग आए

दशक लामो वर्गयुद्ध,
आफैले झेल्यौ
विकराल कष्टसँगै
उपलब्धिको हिसाब गरौंला !
अनौठो शान्ति प्रकृया
यतै सँग ब्यहोरियो
सफल–असफल हिसाब गरौला

पारिवारिक जमघटमा
एकै रातमा परिवार सिध्याइयो
शान्तिपृय रास्ट्रप्रमुखको
बिरेन्द्र बंश हत्या गरियो
‘कालो पदार्थ’लाई दोसदिइ
सत्य /झुट सर्वबिदितै छ!

निमेष भरमै/क्षणमै
एैतिहासिक धरोहर ढले
हजारौं लासबने,हाम्रै अँघि
कहालिलाग्दो महाभुकम्प
बेहोर्यौ आँखै अगाडि
शिक्षा लिदै गरौंला !

अनुकुलको संबिधान नबन्दा
छिमेकिले “दुस्टता”देखायो
नाकाबन्दी लामै समय
केही आफ्नैले पनि सताए
सिमापारिबाट ढुङ्गा हाने
हाम्रै पालामा
हिसाब सहित
पालो फेरौँला कुनै दिन्

क्षणभरमै बाली सक्ने
सलह किरा हामीले नै
ब्यहोर्यौ र झेल्यौ
बिस्वब्यापि महामारी
छोए सर्ने, हेरे सर्ने, घर छाड्न नमिल्ने
कोरोना हामीले नै झेल्यौ
बाँचियो मुस्किलले मनमनै डराए पनि

रुस र युक्रेन युद्ध
घोषित दुई ध्रुबको लडाइ
बिश्वयुध्दको एक झलक
हाम्रै समयमा भोगियो
साएद अब
उत्तरी र पश्चिमा छिमेकी
ताइवानलाइ बहाना बनाई
दिदै छन्, तेस्रो बिश्वयुद्ध
त्यो पनि ब्यहोर्नेछौ
हाम्रै पालामा

‘भाग्य’ हो या होइन ?
लेखिएको थियो या थिएन ?
जे भए पनि
यो संयोग भने अवस्य हो
भए जति सबै ब्यहोर्ने
मौका र अभिसाप हाम्रै रहेछ
झेलौं यो अवसर हो
हाम्रो पुस्ताको
संयोग हो २१ औं शदिको ।
–२०७९/0४/२०
दाङ्ग

Facebook Comments