• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्थमन्त्री शर्माको पहिलो निर्णय– कोरोना खोप किन्न पाँच अर्ब निकासा




नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्नुभएको छ ।

आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय समेत गर्नुभएको छ । उहाँले पदभार ग्रहण गर्दै ‘सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहने बताउँदै पहिलो निर्णय नै खोपमा केन्द्रित रहेको बताउनुभयो ।

उहाँले आजै स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्वीकृति सदर समेत गर्नुभएको छ । नयाँ मन्त्रिपरिषदको मंगलबार बेलुका बसेको पहिलो बैठकले चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो।

पदभार ग्रहणपछि उहाँले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताउनुभयो । कर्मचारीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भन्नुभयो– ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, पार्टीको झण्डा चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’

यो सबैको साझा प्रतिवद्धता हुनुपर्ने उहाँको भनाइ छ । आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको उहाँले बताउनुभयो ।

व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा महल्म लगाउने र कोभिड १९ को महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन आफूले भूमिका खेल्ने पनि उहाँले बताउनुभयो । मन्त्रालयबाट भइरहेको कामदाई आफुले निरन्तर अनुगमन, निर्देशन र सहयोग गर्ने भन्दै उनले कर्मचारीबाट समेत यस्तो सहयोगको अपेक्षा गरेको मन्त्री शर्माले बताउनुभयो । उहाँले पदभार ग्रहण गर्नुअघि सहिदप्रति माल्यार्पण गर्नुभएको थियो ।
यो पनि पढ्नुहोस्

उज्यालो नेपालका कमाण्डर शर्मा अर्थमन्त्रालयको यात्रामा (संक्षिप्त जीवन यात्रासहित)

Facebook Comments