• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठान बचाऔं अभियानको आन्दोलनप्रति नागरिक समाज दाङको समर्थन




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथिति अन्त्य गर्ने उद्देश्यका साथ गठन गरिएको प्रतिष्ठान बचाऔं अभियानको आन्दोलनप्रति नागरिक समाज दाङले समर्थन जनाएको छ ।

समाजका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा बसेको बैठकले अभियानको आन्दोलनप्रति एक्येबद्धता जनाएको हो ।

यस्ता छन् नागरिक समाज दाङका निर्णयः

१.राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा कार्यरत चिकित्सकहरुको सामूहिक राजिनामा तथा निष्कासनसम्मको प्रकरणमा नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण भएको छ ।

जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संस्थामा सामूहिक राजिनामा गर्ने अवस्था आउनु, समस्या हल हुनुको साटो चिकित्सकहरुलाई निष्कासनसम्मको अवस्था आउनुले प्रतिष्ठानको नेतृत्वले नागरिकहरुप्रतिको उत्तरदायित्व जवाफदेहीढंगले निर्वाह गर्न नसकेको बिडम्बना नै देखाउँछ ।

तसर्थ जनस्वास्थ्यजस्तो सेवामूलक संस्था विवादित नभई चिकित्सकहरु सेवामा आउने वातावरण सिर्जना गर्न दाङ जिल्लास्थित राजनीतिक दल, स्थानीय सरकार तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ध्यानाकर्षण गराउँदै यो समस्याको निराकरण गर्न प्रतिष्ठानका कुलपतिसमक्ष लिखित अनुरोध गर्ने निर्णय गरियो ।

२. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधानार्थ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानले प्रस्तुत गरेका मागप्रति समर्थन गर्दै उक्त मागहरु पूरा गर्न वार्ता, सम्वाद, छलफलसहित सम्पूर्ण सरोकारवालाहरुसँग समन्वय गरी पहल गर्न सम्बद्ध सबै निकायलाई आग्रह गर्ने निर्णय गरियो ।

३. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकसित भैरहेका घटनाक्रमका सन्दर्भमा व्यापक छलफल गरी निष्कर्ष निकाल्न दाङस्थित सरोकारवालाबीच सर्वपक्षीय सर्वदलीय बैठकको पहल गर्ने निर्णय गरियो ।

यो पनि पढ्नुहोस्

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको राजीनामा माग, यस्ता छन् राजीनामा माग्नुका तथ्य

Facebook Comments