उपचारका क्रममा विरामी निधन भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्चस्तरीय छानवीन समिति गठन गरेको छ ।
उपचारका क्रममा बंगलाचुली– ७ की ४९ बर्षीयाा भिमी सारु मगरको निधन भएको थियो । अस्पतालको लापर्वाहीले मृत्यु भएको परिवारको गुनासो छ ।
यसैबीच प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै छानवीन समिति गठन गरिएको जनाउनुभएको छ ।
छानवीनबाट घटनामा दोषी पाइए प्रतिष्ठानको नियमानुसार कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
यो पनि पढ्नुहोस्–
प्रतिष्ठानको लापर्वाहीले विरामीको मृत्यु, रातभरि छट्पटाउँदा पनि नहेरेको परिवारको गुनासो
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।