• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानको लापर्वाहीले विरामीको मृत्यु, रातभरि छट्पटाउँदा पनि नहेरेको परिवारको गुनासो




चिकित्सकको लापर्वाहीका कारण दाङको सदरमुकाम घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको मृत्यु भएको छ । पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका– ७ सिरुखर्ककी ४९ वर्षीया भिमी साढुको मृत्यु भएको हो ।

मृतक भिमी साढुलाई गत शनिवार प्रतिष्ठानको इमर्जेन्सी वार्डमा भर्ना गरेका थिए । आइतबार दिउँसोसम्म भिमीको स्वास्थ्यमा सुधार आएको तर सोमबार बिहान ८ बजे मृत्यु भएको श्रीमान टीकाराम साढुले जानकारी दिए ।

श्रीमान टीकाराम साढुका अनुसार रातको करीव १ बजेदेखि विरामी भिमी साढु पिसाब रोकिएर छटपटाउन शुरु गरेकी थिइन् । तर प्रतिष्ठानको तर्फबाट चिकित्सकले कुनै हेरचाह नगर्दा आफूले श्रीमती गुमाउन परेको साढुले बताए ।

मृतकका श्रीमान टीकारामले आइतबार दिँउसोसम्म उनी धेरै तंग्रिएको बताए । ‘राति १ बजेबाट पिसाब रोकिएर छटपटाउन शुरु गरिन् । हामीले स्टाफ नर्सहरुलाई डाक्टर बोलाइदिन भन्यौ तर कोही पनि आएन । बिहान ८ बजे उनको मृत्यु भयो ।’

मृतकको शव हालसम्म अस्पतालमा नै रहेको छ । मृतकका आफन्तलाई के कारणले मृत्यु भएको हो भन्नेबारे पनि जानकारी गराइएको छैन । स्वास्थ्यमा सुधार हुँदै गरेकी श्रीमतीको अकस्मात मृत्यु भएपछि के गर्ने भन्ने बारेमा अन्यौलमा रहेको मृतकका श्रीमान साढुले बताए ।

यता बिरामीको जाँच गर्दै आएका प्रतिष्ठानका फिजिसियन डा= जीतनारायण यादवले आइतबार दिँउसोसम्म विरामीमा सुधार हुँदै आएको बताए । उनले साँझ आफ्नो डयुटी नभएका कारण मृत्युबारे केही भन्न नसक्ने बताए । डा. यादवले भने, ‘अत्यधिक पखालाका कारण कहिलकाहीँ यस्तो हुन्छ । मैले हिजो दिउँसोसम्म उहाँलाई हेर्दा सुधार हुँदै थियो । सोमबार बिहान मृत्यू भएछ । यसबारे मलाई थप जानकारी छैन ।’

घटनापछि प्रतिष्ठान परिसरमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । मृत्युलाई लिएर कुनै किसिमको आन्दोलन गर्न नदिने प्रहरीले जनाएको छ ।

Facebook Comments