कामी बुढा पार्कमा वृहत खेलकूद शुरु

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० स्थित कामी बुढास्मृति पार्क खर्सुपानीमा परम्परागत मेलाको अवसरमा वृहत खेलकूद कार्यक्रम शुरु भएको छ । नेपालका प्रथम कम्युनिष्ट सहिद कामी बुढाको जन्मस्थलमा मेला शुरु भएको हो । सहिद कामी बुढा–विजय–छहरा युवा क्लबको आयोजनामा भएको मेलाको आज जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले उद्घाटन गर्नुभएको छ । मेला उद्घाटन गर्दै …..


कामी बुढा पार्कमा मेलाको तयारी

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० स्थित कामी बुढास्मृति पार्क खर्सुपानीमा मेलाको तयारी थालिएको छ । नेपालका प्रथम कम्युनिष्ट सहिद कामी बुढाको जन्मस्थलनजिक रहेको सो स्थानमा माघ १ गते परम्परागत पापिनी मेला लाग्दै आएको थियो । यो मेलालाई कामी बुढास्मृति पार्कमा सारेर विबिध रचनात्मक प्रतियोगिताको तयारी गरिएको छ । भर्खरै गठन भएको सहिद कामी बुढा–विजय–छहरा युवा …..


रुकुमपूर्वमा पहिलोपटक भलिबल खेलको तालिम

जिल्लामा पहिलो पटक भलिबल खेलकुद तालिम सञ्चालन गरिएको छ । रुकुम पूर्व भूमे गाउँपालिकाको आर्थिक सहयोगमा मल्टी सोसियल संस्था रुकुम पूर्वको आयोजनामा उक्त तालिम पौष १८ गते देखि सुरु भएको छ । भूमे गाउँपालिका वडा नम्बर २ खाबाङ बगरमा तालिम भैराखेको छ । भूमेको ९ वटै वडाबाट नयाँ खेलाडी दुई/दुई जनाको दरले एक पुरुष र …..


अध्यक्ष प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डकाे निमन्त्रणामा प्रचण्ड निवास खुमलटारमा अाउनुभएका महर्जनले हालै मात्र सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरकाे प्रतियोगितामा संवरण पदक जितेका थिए । उक्त अवसरमा अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेकोमा बधाई दिनुभएको …..


राप्ती क्लबका खेलाडीलाई सम्मान

राप्ती क्लब घोराहीले खेलाडीलाई सम्मान गरेको छ । नवलपुर युवा क्लबले मंसिर २७ देखि पुस ६ गतेसम्म गरेको केशरसिंह श्रेष्ठ आमन्त्रण फूटबल प्रतियोगिता नवलपुर कप उपाधि जित्न सफल खेलाडीहरुलाई क्लबले सम्मान गरेको हो । उपाधि राप्ती क्लबले जितेको थियो । क्लबले शनिवार बाह्रकुने दहमा वनभोज तथा खेलाडी सम्मान कार्यक्रम गरी बिजेता १८ जना खेलाडीलाई नगदसहित …..


दाङमा लखन थापा फुटबलको तयारी

दाङको घोराहीमा प्रथम सहिद लखन थापाको स्मृतिमा खुला क्लवस्तरिय फुटबल प्रतियोगीता हुने भएको छ । नेपाल मगर संघ दाङले फुटबल प्रतियोगीता हुने भएको हो । नेपाल मगर संघको आज घोराहीमा बसेको दोस्रो बैठकले फागुन २ गतेदेखि १५ गतेसम्म फुटबल प्रतियोगीता गर्ने निर्णय गरेको हो । त्यसका लागि संघका जिल्ला सचिब मुक्त बुढा मगरको संयोजकत्वमा प्रतियोगीता …..


कर्णाली प्रदेशलाई विश्वकै नमुना बनाउँछौंः मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशलाई विश्वकै नमुना बनाउने गरी काम भैरहेको बताएका छन् । जिल्ला क्रिकेट संघ रुकुमले रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरेको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगीताको उद्घाटन गर्दै मुख्य मन्त्री शाहीले यस्तो बताएका हुन् । प्रचुर सम्भावना हुँदा हुँदै पनि कर्णाली प्रदेश विकासमा पछाडि परिरहेको अवस्थामा समृद्धिका लागि प्रदेश …..


राप्ती क्लब घोराहीले चुम्यो नवलपुर कप

मंसिर २७ देखि पुस ६ गतेसम्म चलेको केशरसंहि श्रेष्ठस्मृति आमन्त्रणकप फूटबल प्रतियोगिता २०७५ नवलपुर कपको उपाधि राप्ती क्लब घोराहीले हात पारेको छ । आज भएको खेलमा न्यूस्टार फूटबल एकेडेमी घोराहीलाई ट्राइबेकरमा हराएर राप्ती क्लब विजयी भएको हो । खेल अवधिभर एक एक गोल गरेका दुबै टोलीबीच पेनाल्टी सुटआउट गराइएको थियो । जसमा राप्तीले ३ गोल …..


रुकुममा कर्णाली प्रदेश कप क्रिकेटको तयारी

रुकुम पश्चिममा आयोजित कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले उद्घाटन गर्नु हुने भएको छ । जिल्लाको चौरजहारीमा पुष १० देखि सुरु हुने प्रतियोगिताको मुख्यमन्त्री शाहीले उद्घाटन गर्ने तय भएको जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिनुभयो । प्रतियोगीता उद्घाटन समारोहमा मुख्य मन्त्री शाही संगै प्रदेशका भुमि व्यवस्था, कृषि …..


नवलपुर कप फूटबलको तेस्रो दिन कुन टीमले जिते ?

घोराही १८ नवलपुरमा जारी केशरसिंह श्रेष्ठस्मृति आमन्त्रण फूटबल प्रतियोगिता नवलपुर कपमा आज तेसो दिन तीन खेल भएका छन् ।