घोराही । बुद्ध एकेडेमीको आयोजनामा दाङ जिल्ला स्तरीय अन्डर १५ फुटबल प्रतियोगितको उपाधी एभेन्जर फुटबल एसोसिएसन तुलसीपुरले हात पारेको छ ।
घोराही-१० नारायणपुर खेल मैदान भएको फाइनल खेलमा एभेन्जर फुटबल एसोसिएसन तुलसीपुरले साहारा फुटबल क्लब नारायणपुरलाई ३-० को फरकले हराउँदै उपाधी जितेको छ।
एभेन्जर फुटबल एसोसिएसन तुलसीपुरले पहिलो हाफमा २ गोल गरेर खेलमा अग्रता लिएको थियो। दोस्रो हाफमा थप १ गोल गर्दै आफ्नो जित पक्का गर्यो, जबकि साहारा फुटबल क्लब नारायणपुरले केही अवसर सिर्जना गरे पनि गोल गर्न सफल भएन।
विजेता एभेन्जर फुटबल एसोसिएसन तुलसीपुरले नगद, ट्रफी, मेडल र प्रमाणपत्र साथै, उपविजेता साहारा फुटबल क्लब नारायणपुरले पनि नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा दाङ जिल्लाभरबाट २० वटा टिमहरूको सहभागिता रहेको खेलकुद संयोजक किरण रोकाले दिएका छन्।
पुरस्कार वितरण समारोहमा ग्रेट बुद्ध एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय शाहको अध्यक्षता तथा प्यापसन दाङका अध्यक्ष निर्मल न्यौपाने प्रमुख अतिथिमा भएको थियो ।
प्रमुख अतिथि न्यौपानेले आजको यो फुटबल प्रतियोगिता मात्र खेलको प्रतिस्पर्धा नभएर, यसले खेलकुदका माध्यमबाट नयाँ पुस्तालाई प्रेरित गर्न मद्दत पुर्याउँछ। यो प्रकारका प्रतियोगिताहरूले खेलकुदको महत्वलाई बढावा दिने र भविष्यमा उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहन गर्ने अवसर प्रदान गर्छ। एभेन्जर फुटबल एसोसिएसन तुलसीपुरको यो जितलाई म हार्दिक शुभकामना दिन चाहन्छु र आगामी दिनहरूमा पनि यस्ता सकारात्मक गतिविधिहरू जारी रहोस् भन्ने कामना गर्छु।”
कार्यक्रमको विशिष्ट अतिथिका घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दिपक पाण्डेले आजको प्रतियोगिताले फुटबल खेलको महत्वलाई मात्र उजागर गरेको छैन, यसले हाम्रो समाजमा खेलकुदको वातावरण पनि निर्माण गरेको छ। एभेन्जर फुटबल एसोसिएसन तुलसीपुरलाई उपाधी जितको लागि बधाई दिँदै, भविष्यमा अझ उत्कृष्ट कार्यहरू गर्ने अवसरहरूको लागि यो मार्गप्रदर्शन बनोस् भन्ने आशा राख्दछु। खेलकुदका यी अवसरहरूले युवाहरूसँग मात्र नभइ सम्पूर्ण समुदायलाई एकता र सहकार्यको भावना दिन्छ।”
एकेडेमीका शिक्षका रमा पार्देको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक नविन आचार्यले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।