दाङ । दाङ सोसाइटी क्लबको १६औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला भव्य रूपमा सञ्चालनमा रहेको छ। “खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार” भन्ने मूल नाराका साथ सुरु गरिएको मेलामा विभिन्न खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरू जारी छन्।
विभिन्न खेल प्रतियोगिताका नतिजा यसप्रकार छन्:
भलिबलतर्फ महेन्द्र बहुमुखी क्याम्पसले राप्ती क्याम्पसलाई सिधा तीन सेटमा (३–०) पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।
पुरुष कबड्डीतर्फ एबीसी स्कुलले ४४ अंकसहित विजयी हुँदै अर्को चरणमा प्रवेश गर्यो भने तृदेव स्कुल २७ अंकमा सीमित भयो।
महिला कबड्डीमा बबई गाउँपालिकाले घामाण्ड समूहलाई २५–२० अंकले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।
बास्केटबलमा १२ टोली सहभागी थिए। फाइनल खेलमा आरएफए सिनियरले आरएफए जुनियरलाई १९–१३ को स्कोरले पराजित गर्दै उपाधि जितेको छ।
आयोजकका अनुसार खेलकुद कार्यक्रम भोलि बिहान ७ बजेदेखि पुनः सुरु हुनेछ भने सांस्कृतिक कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुनेछ।
मेलाको सांस्कृतिक पक्ष पनि आकर्षणको केन्द्रबिन्दु बनेको छ। ३ गते गायिका शिलु भट्टराई, राधिका परिवार, र खड्का शर्मालगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिने सांस्कृतिक संयोजक राजेन्द्र दाहालले जानकारी दिएका छन्।
मेलामा जिल्लाका विभिन्न विद्यालय, युवा समूह, खेलाडी र स्थानीय समुदायको उल्लेख्य सहभागिता देखिएको छ। खेलकुद र संस्कृतिको माध्यमबाट दाङको पहिचान उजागर गर्ने उद्देश्यले सुरु गरिएको मेला वैशाख १३ गतेसम्म सञ्चालनमा रहनेछ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।