• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विकासमा अघि बढ्दै रुकुमपूर्वः ‘एक घर एक धारा’को तयारी




रुकुम पूर्वमा गत पुस १० गते देखि विभिन्न वडामा ‘एक घर एक धारा’को लागि सर्वे काम जारी रहेको छ ।

प्रदेश नम्बर ५ सरकारद्वारा उक्त सर्वे काम चलिराखेको छ । भूमे गाउँपालिकाको वडा नम्बर १,२,३, र ९, सिस्ने गाउँपालिकाको वडा नम्बर १ र २ र पुथा उत्तरगंगा गाउँपालिकाको कोल गाउँमा सर्वे गरिने भएको हो । अहिले सम्ममा भूमे गाउँपालिकाको वडा नम्बर २,३ मा र सिस्ने गाउँपालिकाको वडा नम्बर १(साविकको सिस्ने गाविस वडा नम्बर २ देखि ९ सम्ममा) सर्वे गरिएको छ ।

बाँकी ठाउँमा सर्वे काम जारी रहेको एबिएनइवाई लेवल सर्वेका सिबिल इन्जिनियर सुदर्शन पाण्डेले बताउनुभयो । ‘पानीको मूल नभएको गाउँमा लिपट विधिबाट सर्वे गरिराखेको बताउनुभयोे’ अहिले सम्ममा भूमे ३ मोराबाङ गाउँमा लिपट विधिबाट सर्वे गरियो उक्त गाउँ सम्ममा करिव पाँच सय मिटर लम्बाइ (लमाइ) रहेको छ ।’

भूमे २ गाबाङमा नौधारी मूल देखि गाबाङ गाउँ सम्ममा पाँच हजार नौ सय मिटर लम्बाइ (लमाइ) रहेको इन्जिनियर पाण्डेले जानकारी दिनुभयो ।

अन्य गाउँमा मूल पानी नै भेटिएको बताउनुभयो । ‘यस योजना उपभोक्ता समितिबाट काम हुने र पानीको प्र्रयोग मिटर (यन्त्र) मार्फत सञ्चालन हुने भन्नु भो,’ उक्त मिटर मार्फतको उठाएको रकम उपभोक्ता समितिकै कोषमा जम्ममा गरिने पाण्डेले बताउनु भएको छ ।’

यस आर्थिक वर्षमा प्रदेश नम्बर ५ सरकारबाट उक्त योजनाको सर्वे तथा कामको कार्यान्वयनको लागि मात्र बजेत आएकोे भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।

‘जस बजेत साविकको काँक्री र मोराबाङ गाविसको लागि ३५/३५ लाख रकम आएको छ,’ त्यसैगरि पुथा उत्तरगंगाको कोल गाउँ र भूमे ९ चुन्बाङका लागि सर्वे काममा २ लाख २५ हजार र कार्यन्वयनको लागि ४५ लाख रकम यस आर्थिक वर्षमा प्रदेश नम्बर ५ सरकारले दिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

सिस्ने गाउँपालिकामा पनि त्यसै अनुपातमा बजेत आएकोे सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताउनुभयो । ‘यस आर्थिक वर्षमा खासगरि प्रदेश नम्बर ५ सरकारले एक घर एक धारा योजनाको सर्वेको काम आरम्भ गरेको बताउनुभयो,’ यस सर्वेको आधारमा आगामी दिनमा योजनाको कार्यान्वयन सहितको योजना बजेत प्रदेश सरकारले उपलब्ध गराइ दिने अध्यक्ष बरालले जानकारी दिनु भएको छ ।

एक घर एक धाराको सर्वेले स्थानीय नागरिक खुसी भएका छन् । भूमे गाउँपालिका वडा नम्बर २ गाबाङका सतबहादुर बुढाले भन्नु भयो १० वर्षको अन्तरालमा नै धेरै परिवर्तनको साथै विकास भएको बताउनुभयो ।

‘केहि वर्ष अघिमा एक दुई घण्टाको बाटोबाट पानी ल्याउनु परेको थियो, त्यस पछि २०६४ साल देखि आज सम्ममा आ–आफ्नो टोलमा पानी पाएका थियौँ बुढाले भन्नु भो,’ अहिले आफ्नै जीवन कालमौ आ–आफ्नो घरमा आउने पानीको सर्वे हुदा कल्पना नै नगरेको विकास गाउँमा हुदा बुढा हर्षित हुनुभएको छ ।

Facebook Comments