मुलुक आधुनिकरण र प्रबिधिको युगमा प्रवेश गरेसङ्गै सुखको खोजिमा बिकासशील मुलुकमा प्रवेश गर्छौ । २५ बर्षको बिबाहित पुरुष श्रीमती, घरपरिवारको चाहना र सुख दिलाउने हेतुले प्रदेशको त्यो भूमिमा आफ्नो देशको मौलिकता र माटो सम्झेर पलपलमर्दै आफ्नो रगत पसिनासँग डलर साट्न बिबश छ । समाजमा देखासिकी बढ्दो छ ।
पल्लाघरे दाइले राजनैतिक ब्यापार गर्दै बजारमा चार आना जग्गा ६० लाखमा किनेछ भन्दै भिसा थप्न बिवश छ । पश्चिमा सस्कृतिले जन्माएको त्यो अङ्ग्रेजी शिक्षाबाट प्रभावितहुँदै बोर्डिङ स्कूलमा छोराछोरी पढाउने चाहनाअनुरुप फेरि ४० बर्ष बर्ष कट्दा पनि उ भिसा थप्न बाध्य किनकि खाडी मुलुकमा भन्दा युरोपियन मुलुकको कमाइबाट निकै आकर्षितहुँदै आफ्नो दुःख भुल्दै फेरि छोराछोरीलाई त्यो मरुभूमिमा धन कमाउने उद्देश्यले पठाउछँछ ।
एकातिर परिवारका सदस्य आफ्नो मौलिक परम्परा दशै, तिहारजस्ता चाडपर्व सङ्गै मनाउन नपाउदाको खल्लो अनुभवलाइ बिदेशीको त्यो डलरबाट मिठास लिन बिवश छौं हामी नेपाली ।
सुन्दरता र जवानीले फूलेकी श्रीमतिसँगै जवानी साट्न नपाउदै समयले कोल्टे फेर्छ । उता बजारमा किनेको घडेरीले पल्लो ठूलो अग्लो घर हेर्दै आफू पनि ठूलो हुने चाहना राख्छ । तोतेबोली बोल्ने छोराछोरी पनि आफूलाइ हुर्केको महसुस गर्दै सामाजिक सञ्जालमा आफ्नो प्रेमजोडीको फोटो राख्दै बिबाहको संकेत गर्छन् । उ ४५ बर्ष कट्दा पनि आर्थिक स्थिति, छोराछोरीको बिहे र घर ठूलो बनाउने चाहना राख्दै भिसा थपकै पखाईमा हिडिरहन्छ ।
४५ बर्ष कटेपछि बिदेशमा काम गर्न अयोग्य हुने नियमलाइ सिरोपर गर्दै नेपालफर्कन्छ ।गाउँको ढुङ्गे घर भत्किसकेको र पुराना बाटाघाटामा पनि झाडीले भरिसकेको हुन्छ। जग्गा जमिन सबै बाझो र अर्कातिर आफूजस्तै गाउँका सबै युवा बिदेशिएका हुन्छ्न । वन जङल सबै उजाड हुन्छ । बसन्त ॠतुमा वनमा बिरहको गीतगाउने कोइली चरिले पनि बसाई सारिससकेकी हुन्छे ।
जीवन, चाहना, यथार्थ र राजनैतिक घटनाक्रममा परिवर्तन देखिए पनि गाउले जनजीवनमा खासै परिवर्तन देखिदैन । देशमा लोकतन्त्र, गणतन्त्रहुँदै संघीयता प्रबेशगरेपछि गाउँ बवकासले कोल्टे फेर्यो होला भन्ने सपनासपनामै सीमित हुन्छ । त्यो परिवर्तन केबल राजनैतिक ब्यापारी (केबल आफूलाइ समाजसेबी भन्न रुचाउने)का इष्टमित्र र परिवारमा मात्र सीमित भएको हुन्छ । जनताको चाहना, सीप, कला र अनुभवलाई समेट्न नसकी गरिब फेरि पनि गरिब नै हुन बाध्य पारिएको छ ।
लोकतन्त्रमा त जनता केन्दमा हुन्छ्न, नागरिक सर्बोच्चतता स्थापित गराउने र शासनमा जनताको सहज पहुँच, सहभागिता र नियन्त्रण गर्ने आधार निमाण हुन्छ । बिधिको शासन, कानूनी राज्य हुन्छ तर यहाँ त अराजकतन्त्र बनेको छ । नागरिकको हरेक स्वतन्त्रता मौलिक हक र मानवअधिकारको हनन गरेका छन ।
जनउत्तरदायी जनप्रतिनिधिकै अभाव छ । यस कारण गाउँ समाजमा विकास हुनसकेको छैन । सामाजिक, आर्थिक, सास्कृतिक क्रान्ति नै अलमलमा छ । अब फेरि युवा एकजुट भइ सबै आफ्नो गाउँ समाजको विकासमा हस्तक्षेपकारी र समन्वयकारी दुबै भूमिका निर्वाह गरे मात्रै रुपान्तरण संभव देखिन्छ ।
निरज खड्का
गल्छी ४, धादिङ
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।