रुकुमपुर्वको सिस्ने गाउँपालिका ५ रुमालबारामा रुकुमकोट स्वास्थ्यचौकी स्थापना गरी स्वास्थ्य सेवा दिन सुरु गरिएको छ ।
हिजो देखि रुमालबारमा स्वास्थ्यचौकी स्थापना गरी बिरामीलाई स्वास्थ्य सेवा दिन सुरु गरिएको हो ।५ नम्बर वडाका माथिल्लो भागका नागरिकहरुलाई नजिकबाट आधारभुत स्वास्थ्य सेवा दिने उद्देश्यले रुमालबारामा स्वास्थ्यचौकीको स्थापना गरिएको ५ नम्बर वडा अध्यक्ष शान्तेबहादुर विकले बताउनुभएको छ ।
स्थानिय सरकारले ५ नम्बर वडाका ह्याप्ला, चोताबारी, थाक्ना, सिमलबोट, लेख, दुदिलागैरा लगायतका स्थानका नागरिकहरुको सहजताका लागि रुमालबारामा स्वास्थ्यचौकी स्थापना गरेको अध्यक्ष विकले बताउनुभयो ।
तत्कालको लागि स्थानिय एक खलबहादुर सुनारको घरमा तिन वटा कोठा भाडा लिई स्वस्थ्यचौकी स्थापना गरिएको र स्वास्थ्यचौकीको आफनै भवन निर्माणका लागि स्थानियले जग्गा दिई सकेकाले स्वास्थ्यचौकीकै भवन निर्माणको लागि प्रकृया सुरु गरिने उहाँको भनाई छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।