• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृषि फार्मको उद्घाटन




घोराही उपमहानगरपालिका ६ अघरामा कृषि फार्म उद्घाटन गरिएको छ ।

जनज्योति पशुपालक कृषक सहकारी संस्था घोराही १५ गते अघरामा कृषि फार्म सञ्चालनमा ल्याएको हो । जग्गा भाडामा ल्याएर बाख्रापालन र नमूना अर्गानिक खेतीका लागि फार्म सञ्चालनमा ल्याइएको सहकारीले जनाएको छ ।

प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले ब्यानर खोलेर फार्मको उद्घाटन गर्नुभएको हो । त्यस्तै बिशिष्ठ अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसीले सुख्खाबारीमा पानी चारेर उद्घाटन गर्नुभएको हो । नजिकैको खोल्सामा कुवा खनेर सिंचाइका लागि पानीको ब्यवस्था गरिएको छ ।

प्रमुख अतिथि जीएमले देशभित्रै काम गरेर खाने वातावरण बनाउन यस्ता सहकारीहरुको आवश्यकता रहेको बताउनुभयो । ठूलो संख्यामा युवा बिदेश पलायन भइरहेको र उनीहरु जोखिमयुक्त काम गर्न बाध्य रहेको भन्दै उहाँले थोरै भए पनि देशभित्रै केही गर्नका लागि यस्ता सहकारीहरुले उत्पादनमूलक कार्यक्रम बनाउनुपर्ने उहाँले बताउनुभयो ।

बिशिष्ठ अतिथि केसीले एक्लै ठूलो लगानी गर्ननसक्नेहरुले स–सानो पूँजी जम्मा गरेर लगानी गर्ने भएकाले सहकारीमा आफै मालिक र आफै कामदार हुँदा अपनत्व हुने बताउनुभयो । सहकारीमा पनि हुनेखानेको पहुँच रहेको औल्याउँदै उहाँले वास्तविक किसानको नाम मात्रै लिएर हुनेखानेहरुले नाफा लिने क्रम रोक्नुपर्ने बताउनुभयो । दाङको दक्षिण क्षेत्र ब्यावसायिक कृषिको पकेट क्षेत्र बन्दै गएको पनि उहाँले बताउनुभयो ।

सहकारीका ज्येष्ठ सदस्य चन्द्रबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सहकारीका अध्यक्ष टीका बुढाले गर्नुभएको थियो भने स्वागत सदस्य गिरा रिजालले गर्नुभएको थियो ।

Facebook Comments