• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घरेलु कार्यालयको कार्यसम्पादन सुस्त, सेवाग्राहीलाई हैरान




प्यार अलि खाँन
घरेलु तथा साना उधोग कार्यालय दाङ घोराहीको कार्य सम्पादनमा ढिलासुस्ती एवं कर्मचारीहरुमा रुखो शैली रहेको सेवाग्राहीहरुले जनगुनासो गरेका छन्।

कार्यालयको वाणिज्य शाखामा कार्यरत अधिकृतको कार्यशैली रुखो एवं ढिलासुस्ती रहेको सोमवार कार्यालयमा सेवा लिन आएका अधिकांस सेवाग्राहीको गुनासो रहेको छ।

‘विहान ११ बजे फर्मको नामसारी गर्न आएको थिए।’ तुल्सीपुर उपमहानगरपालिका- ८ का हुकुम बहादुर साहुले भने, ‘साँझ ५ बजेसम्मै लाग्यो काम बनाउन।’

कर्मचारीहरुको ढिलासुस्ती काम गर्ने रबैयाका कारण सामान्यतया १ घण्टामा हुने काम ६ घण्टा समय लगाईएको साहुले बताए। तुल्सीपुरबाटै पसलको ठाउँसारी गर्न आएका एक दम्पतिलाई ३ बजे नै काम हुन्न भनी फर्काइएको घोराही- १५ का नुरुल इस्लामले बताए।

‘खोलाले छेक्दा अलि समयमै उहाँहरु आउन नसक्नु भएको रहेछ।’ इस्लामले भने, ‘उहाँहरुको अनुरोधलाई अधिकृतले इन्कार गरे।’ इस्लाम नयाँ पसल दर्ताका लागि घरेलु कार्यालय पुगेका थिए। ‘मेरो पनि साँझ सम्मै लाग्यो।’ इस्लामले भने।

पसल नयाँ दर्ता गर्न आएका घोराही-१५ का रोबरसिङ पुन पनि कर्मचारीको ढिलासुस्तीको सिकार बने। ‘१० बजे आएको हुँ। कार्यालय बन्द हुनेबेला सम्म बल्ल काम भयो।’ पुनले भने, ‘न मुस्कान सहितको सरकारी सेवा न छिटोछरितो काम।’ सरकारी काम कहिले जाला घाम भन्ने उखान घरेलु कार्यालयमा चरितार्थ भएको सेवाग्राहीहरुले बताएका छन्।

कर्मचारी अभावका कारण कार्य सम्पादनमा केही ढिलासुस्ती भएको हुन सक्ने कार्यालय प्रमुख उम बहादुर वलीले बताए। अधिकृतको बचाउ गर्दै वलीले भने, ‘उहाँको खुट्टामा चोट भएर पनि आज काममा आउनु भएको हो।’ रसीदलाई कुप्पन सिस्टम मानी सेवाग्राहीलाई छिटो-छरितो सेवा दिन कार्यालय प्रतिबद्ध रहेको उनले बताए।

Facebook Comments