रोल्पाको होलेरी बजारमा पूर्ण लकडाउन आव्हान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कार्यालयले रोल्पाले सूचना जारी गर्दै यस्तो आव्हान गरेको हो । शनिवार एकै दिन आठ जनामा कोरोना संक्रमण देखिएपछि आइतवार १२ बजेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि लकडाउन आव्हान गरिएको हो ।
रुन्टीगढी गाउँपालिकाको होलेरी बजार क्षेत्र, पूर्वमा नयाँ गाउँ, ढुंगाखानी, पश्चिममा खस्रे बजार, उत्तरमा सखीगाउँ र सैबाङ तथा दक्षिणमा सापडाँडा र ग्वारखोला क्षेत्रमा लडकाउन आव्हान गरिएको छ । यी क्षेत्रमा अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आव्हान गरेको छ ।
त्यस्तै होलेरीस्थित कामना सेवा विकास बैंक पनि पूर्णरुपमा बन्द गर्ने, रुन्टीगढी गाउँपालिकाको तोकिएको क्षेत्रमा लकडाउनअवधिभरि सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाबाट हुने सेवा प्रवाह बन्द हुने, स्वासथयसँग सम्बन्धितथ सेवा र एम्बुलेन्स भने सुचारु राख्ने सूचनामा उल्लेख छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।