• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चिन्नेबगरमा नगर अस्पताल सञ्चालन गर्दै चौरजहारी नगरपालिका




रुकुम पश्चिम चाैरजहारी नगरपालिकाले वडा न. १० काे चिन्नेबगरमा १ हप्ता भित्र नगर अस्पताल सञ्चालन गर्ने तयारी थालेको छ । नगर अस्पताल सञ्चालनकाे लागि अहिले तिब्र गतिमा तयारी भइरहेको छ ।
नगरपालिका भित्र अवैध सञ्चालन गरिएका निजि मेडिकल नगरपालिकाले अनुगमन गरेर सिल गरेपछि सेवाग्राहीलाई उपचार गर्न समस्या नहुने गरि तत्काल ५ शैया बराबरको नगर अस्पताल सञ्चालन गर्न लागेको नगरपालिकाले बताएको छ । उक्त अस्पताल १ बर्ष भित्र १५ शैया बराबरको बनाइने छ । त्यस्तै नगरपालिका भित्र भएका स्वास्थ्य चाैकि , स्वास्थ्य इकाईलाई पनि २४ घण्टा अाकस्मिक सेवा दिन पनि नगरपालिकाबाट निर्देशन दिइएको छ ।

नगर प्रमुख बिशाल शर्माका अनुसार नगरपालिकामा सञ्चालन गरिएका अवैध मेडिक बन्द गर्दैमा स्वास्थ्य क्षेत्रमा कुनै फरक पर्दैन हाम्रा स्वास्थ्य संस्थाहरुले मेडिल भन्दा राम्रो सेवा दिइरहेका छन् । मेडिकलहरुले बिरामीलाई अावश्यकता भन्दा बढी अाैषधि दिई मानव स्वास्थ्य जस्तो संवेदनशील बिषयमा खेलबाड गर्ने भएकोले तत्काल बन्द गर्नु परेको हाे उनले भने अर्काेतर्फ हामी विधिको शासनको कुरा गर्छौ हामी त्यही विधिकाे शासन चलाउने प्रयास गरिरहेका छाैँ ।

नगर प्रमुख शर्माले भने हाम्रा नागरिकहरु उपचार नपाएर मर्नु पर्दैन त्यसकाे लागि सम्पुर्ण तयारी गरिरहेका छाैँ । उनले भने हामी हाम्रा स्वास्थ्य संस्थामा सरकारले निशुल्क अाैषधि दिने बाहेक सशुल्क पनि पाउने ब्यवस्था गर्छौं ।

नगर प्रमुख शर्मा भन्छन् स्वास्थ्य संस्थामा अाैषधि छैन् भने वा कर्मचारी उपस्थित छैनन् नगरपालिकामा गर्नाेस तत्काल उक्त स्वास्थ्य संस्थामा कर्मचारी सहित अाैषधि पुर्‍याउने ब्यवस्था गर्छौ । उनले भने हामी नगरपालिकामा अाउँदा ४ वटा मात्रै स्वास्थ्य संस्था थिए , हामी अाएपछि प्रत्येक वडामा रहने गरि १४ वटा स्वास्थ्य संस्था बनायाैँ र तत्काल नगर अस्पताल सञ्चालनको प्रक्रियामा छ ।

Facebook Comments