• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमकोट अन्धकारमा




विद्युत् सेवा अवरुद्ध हुँदा चार दिनदेखि रुकुम (पूर्व)को सदरमुकाम रुकुमकोट अन्धकार भएको छ । गत सोमबारदेखि अवरुद्ध विद्युत् सेवा आजसम्म चलेको छैन ।

रुकुम(पश्चिम) बाफीकोट गाउँपालिका –१ लागिममा रहेको नवभिजन लघुजलविद्युत् आयोजनाको विद्युत्गृह रहेको बेल्ट चँुडिएपछि विद्युत् सेवा अवरुद्ध हुन पुगेको हो । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ रुकुमकोटका साथै वडा नम्बर ३,४ र रुकुम(पश्चिम) बाफीकोट गाउँपालिका वडा नं १ का नागरिक अन्धकारमा बस्न बाध्य छन् । आयोजनाको विद्युत् सेवा अवरुद्ध भएपछि रुकुम(पूर्व) र पश्चिमका गरी करीब एक हजार दुई सय घरधुरी अन्धकारमा बस्न बाध्य भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

विद्युत् सेवा बन्द भएपछि सर्वसाधारण र विद्यार्थी समस्यामा छन् । यस्तै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा पनि नियमित कामकाजमा समस्या भइरहेको कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख अरवीन्द्रमणि त्रिपाठीले बताउनुभयो । सिस्ने– ५ का सोलोभ सेनले विद्युत् सेवा बन्द हुँदा मोबाइल चार्ज गर्न, घरको दैनिक कामकाज र विद्युतीय काम गर्न समस्या भएको गुनासो गर्नुभयो ।

अर्को नयाँ बेल्ट ल्याएर जडान गरेपछि मात्र चल्ने आयोजना सहकारी संस्थाका उपाध्यक्ष चन्द्रबहादुर थापाले बताउनुभयो । बेल्ट लिनका लागि एक टोली बुटवल पुगेको छ ।

Facebook Comments