रुकुम पश्चिममा श्रीमानको हत्याको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका १० की २२ वर्षीय अञ्जना पुनलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पुनले श्रीमान ३६ वर्षको भिमबहादुर बुढालाई हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक ठकबहादुर केसीले जानकारी दिनुभयो । श्रीमान बुढालाई १० गते घरयासि बिवाद पछि श्रीमतीले दाउराले टाउकामा प्रहार गर्दा श्रमानको ज्यान गएको उहाँको भनाई छ ।
यहि भदौ १४ गते बिहान बुढाको शव सोहि वडाको टुटुरे भिरमा स्थानीयले भेटका थिए । उनकै श्रीमतीले बुढाको हत्या गरि भिरबाट फालेको प्रहरी अनुसान्धानबाट खलेको हो । आफ्नै घरको सुत्ने कोठामा घरयासि बिवाद हुदा श्रीमतीले दाउरा प्रहार गरि हत्या गरे पछि डोकोमा राखेर भिरमा फालेको डिएसपी केसीले जानकारी दिनुभयो ।
आरोपीलाई बुधबार प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्धा अन्तरगत मुद्धा दर्ता गरि हिरासतमा राखेर थप अनुसन्धान भैरहको प्रहरीको भनाई छ ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।