• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृष्ण बोहरा हत्या प्रकरणः फेक आइडीबाट बेइज्जत गरेकाले हत्या गरको बयान




रोल्पाका कृष्णबहादुर बोहराका काठमाडौंमा भएको हत्याको प्रहरीले अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

प्रतिवेदनमा रोल्पा रुन्टीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा हत्याको मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी पौडेललाई मानिएको छ । कल्पनालाई जन्मकैदको र शव व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको छ ।

मुलुकी अपराध संहिता ०७४ परिच्छेद ५ को दफा ४२ अनुसार जन्मकैद भन्नाले २५ वर्ष कैदजीवन बिताउनुपर्ने भनिएको छ । त्यसो हुँदा कसुर प्रमाणित भए अभियुक्त मुडभरीले २५ वर्ष कैद सजाय कटाउनुपर्नेछ । त्यस्तै उनकी १५ वर्षीया छोरीको हकमा उमेर पुगेको व्यक्तिलाई कानुनबमोजिम हुने सजायको दुईतिहाइ कम सजाय हुनेछ ।

प्रहरीले हत्यामा संलग्न कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइती पुगेकी थिइन् । पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । बयानमा उनले योजनाबद्ध ढंगले नै बोहराको हत्या गरेको स्वीकार गरेकी छिन् ।

बोहराको साउन २४ गते गोंगबुमा हत्या गरिएको थियो । राति कल्पनाको कोठामा दहीमा लट्ठ पार्ने औषधि खुवाएर बोहराको संवेदनशील अंगमा हथौडा प्रहार गरी हत्या गरिएको थियो । हत्यापछि टुक्रा पारेर झोलामा हालेर गणेशस्थाननजिक फालिएको अवस्थामा शव प्रहरीले भेटाएको थियो ।

बोहराले फेक आइडीमार्फत नग्न फोटो सामाजिक सञ्जालमा सेयर गरेको झोंकमा हत्या गरेको कल्पानाले स्वीकार गरेकी छन् । यो नगर्न भन्दै पटक–पटक उनले बोहरालाई भने पनि रोक्नुको सट्टा उल्टै ब्ल्याकमेलिङ गर्न थालेपछि हत्या गर्ने योजना बनाएको बयान उनले दिएकी छन् ।

Facebook Comments