गंगादेव गाउपालिका रोल्पाको सुखाओडार झाकृसल्ला झ्याम सडक सुचारु भएको छ ।
भदौ ३ गते देखि लगातार ३ दिन परेको भारी बर्षाले उक्त सडकमा अत्यधिक क्षेती पुर्याएका कारण सडक अबरुद्ध भएको थियो । उक्त सडकको अबलोकन र प्राबिधिक स्टामेट तयारीको लागि गंगादेव गाउपालिका वडा नम्बर ३ अध्यक्ष जलेश कुमार केसि प्राबिधिक शाखा प्रमुख रमेश डागी लगाएत प्राबिधिक टोलिलाइ खटाए सङगै गाउपालिकाको र व्यतिको गरेर २ वडा डोजर लगाएर सडक मर्मतको काम थालनी गरिएको थियोे ।
सडक मर्मतको काम सकिए पछि प्राबिधिक शाखा प्रमुख रमेश डागि लगाएतको टोलिले काम सम्पन्न मुल्यांकन गरेर गाउपालिकालाइ दाङ्सग जोड्ने मुख्य सुख्खावडार झाकृसल्ला झ्याम सडक सुचारु भएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
