• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
केयूले सेमेस्टर शुल्क तिर्न दिएको अल्टिमेटमको क्रान्तिकारीद्वारा बिरोध




विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले विश्व नै आक्रान्त भएको अवस्था छ।जसले गर्दा सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा पनि यसको असर परेको देखिन्छ।

यसका अलावा पनि आफ्नो सेमेस्टर खेर नजाओस् भन्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयले आन्तरिक मुल्याकन अबलम्बन गर्दै परिक्षा संचालन गरि नतिजा समेत प्रकाशन गरेको अवस्था छ।

आफ्नो शैक्षिक गतिविधि लाई निरन्तरता दिन अर्को सेमेस्टर पनि धमाधम संचालन भैरहेको छ। अरु विश्वविद्यलय अन्योलमा भएको यस समयमा उचित निर्णय गरेर सेमेस्टर खेर हुन बाट जोगाउन अन्य विश्वविद्यालय भन्दा फरक रुपमा प्रस्तुत भएको छ।

यस कदमलाई एकदम स्वागत योग्य र प्रशंसायोग्य रुपमा लिएको अखिल क्रान्तिकारी काठमाडौं विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटिका संयोजक सुरेश पाण्डेलेले बताए। तर यस्तो विषम परिस्तिथिमा पनि काठमाडौं विश्वविद्यालयले सेमेस्टर शुल्क तिर्नको लागि दिएको अल्टिमेटम बेलैमा नसचिए ससक्त रुपमा आन्दोलन चर्काउने काठमाडौं विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटिका सहसंयोजक जोशन श्रेष्ठले बताए।

यो अबस्थामा सबैमा भिन्न भिनै समस्या छन् कति अविभावकको रोजगारी गुमाएको अवस्था छ यस समयमा विश्वविद्यलय अभिभावकत्व गहन गर्ने बेलामा उल्टै यस्तो सूचना प्रकाशन गर्दा थप मानसिक पीडा दिएको आरोप लगाउँछन् अखिल क्रान्तिकारी काठमाडौं विश्वविद्यालय जिल्ला कमिटीका सहसचिव अभिषेक न्यौपाने।

साथै देशका प्रमुख सहर र तराईका धेरै जिल्लामा निषेधाज्ञा छ यस्तो अवस्थामा बैंक पनि नखुलेको अनि जोखिम पनि उच्च हुने अवस्था भएको बेला सेमेस्टर शुल्क तिर्न न सक्ने कुरा विभिन्न विद्यार्थी बाट दिनहुँ आफूलाई गुनासाे आएको अखिल क्रान्तिकारी काठमाडौं विश्वविद्यालय ले जानकारी गराएको छ।

Facebook Comments