• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेता शर्माले गरे पार्टी बैठक छाडेर विरामीको उद्दार




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवं विवाद समाधान कार्यदल सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ बिहीवार पार्टीको आन्तरिक बैठकमा व्यस्त हुनुहुन्थ्यो । कयौं महत्वपूर्ण फोन उठाइहरनुभएको थिएन । तर, रुकुमबाट आएको एउटा फोनले भने उहाँलाई बैठकबाटै उठ्ने बनायो ।

रुकुम पश्चिम जिल्ला अस्पतालमा सुत्केरी भएकी त्रिवेणी गाउँपालिका ९ की धनमाया रावलको अवस्था गम्भीर रहेको खबर आयो । बच्चा जन्मिएपपछि अत्यधिक रक्तस्राव हुँदा जिल्ला अस्पतालमा उहाँको उपचारको संभावभएन ।

‘तत्काल विरामीको उद्दार नगरे बचाउन नसकिने अस्पतालबाटै डाक्टरले नै भन्न थालेपछि सर बैठक छाडेर उद्दारमा लाग्नुभयो’– शर्माका स्वकीय सचिव श्रीकुमार कठायतले भन्नुभयो– ‘उहाँले सबैतिर पहल गरेर विरामीको उद्दार गरिएको छ, अहिले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगेर उपचार शुरु गरिएको छ ।’

पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले विरामी गम्भीर रहेको खबर पाउनेबित्तिकै रुकुमपश्चिमका प्रजिअ, गृहमन्त्री, कर्णाली प्रदेशका मुख्यमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतसँग फोन सम्पर्क गरी शीघ्र उद्दारको ब्यवस्था मिलाउनुभएको हो ।

Facebook Comments