यो बर्षदेखि स्वास्थ्यतर्फी थप तीन बिषय अध्यापन गराउन थालेको सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षायलयले पूर्वाधार निर्माणका लागि अनुमति पाएको छ । चिकित्सा स्वास्थ्य आयोगबाट डिप्लोमा इन ल्याब, फिजियोथेरापी र रेडियोग्राफीका लागि अनुमति पाएको शिक्षामन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।
चिकित्सा स्वास्थ्य आयोगले प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्लाई पत्र लेखी पूर्वाधार निर्माण, प्रशिक्षक र यसअघि चलेका कार्यक्रमको विवरण पठाउन भनेको छ ।
अहिले फार्मेसी, वन विज्ञान, बाली विज्ञान, आर्किटेक्चर इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र फूड एण्ड डेरी टेक्नोलोजीको पढाइ भइरहेको यो कलेजले अब नौ वटा कार्यक्रम सञ्चालनका लागि अनुमति पाएको छ ।
अहिले घोराही १७ गैरागाउँमा पाँच वटा भवन निर्माण भइरहेका भने छन भन् शिक्षालयले केही कार्यक्रम घोराही १० नारायणपुरमा पनि सञ्जालन गर्ने तयारी गरेको छ ।
शिक्षालयको स्थापना २०७५ भदौ २८ गते भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।