अध्ययन समूह दाङको आयोजनामा बबईको हंसपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पूंजीवादको संकट, वर्तमान परिस्थिति र युवाहरूको दायित्व विषयमा भएको प्रशिक्षण कार्यक्रममा अध्ययन समूह दाङका संयोजक प्रमोद धिताल र युवा नेता भीमबहादुर वलीले प्रशिक्षण दिनुभएको थियो ।
साथै सो कार्यक्रममा युवा नेताहरु आजाद खडका, वीर बहादुर वली, तुलसीराम घर्ती, अध्ययन समूह बबईका सहसंयोजक एकराज बोहरा, भक्त डाँगी लगायतका व्यक्तिहरुले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरुले समाजको नेतृत्व युवाहरुले नगर्दासम्म रुपान्तरणको आन्दोलन सफल हुननसक्ने भएकाले युवाहरुले मानव समाजको इतिहास, विद्यमान सामाजिक, आर्थिक तथा राजनीतिक व्यवस्था र अवस्थाको बारेमा गम्भीर अध्ययन गर्नुपर्ने बताउनुभएको थियो ।
युवाहरुको वीचमा अध्ययन संस्कृतिलाई अगाडि बढाउनको लागि “अध्ययन समूह बबई” को गठन गरिएको छ । जसको संयोजकमा यज्ञ वली र सह-संयोजकमा एकराज बोहरा तथा सदस्यहरुमा तुलसी घर्ती, खड्क रेग्मी, भक्त डाँगी, क्रमोधन पुन, पूर्ण बहादुर वली, राजु परियार र देवराज घर्ती रहनुभएको छ ।
साथै अध्ययन समूहले युवा विद्यार्थीको बीचमा आगामी दिनहरुमा व्यापक रुपमा जीवन तथा समाज उपयोगी प्रशिक्षणात्मक कार्यक्रमहरु चलाउने निर्णय पनि गरेको छ । खड्क रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन यज्ञ वलीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।