दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ बाह्रबिघा बस्ने १५ बर्षीय क्यान्सरपीडित निराजन ओलीको उपचारमा सहयोग गरिदिनुहुन परिवारले सबैमा आग्रह गरेको छ ।
ओली गत माघ महिनाबाट जटिल खालको हातको क्यान्सरबाट पिडित छन् भने हाल ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
उहाँको पहिलो चरणको अप्रसन सफल भएको परिवारले जनाएको छ । परिवारको आर्थिक अबस्था कमजोर भएकाले थप उपचारका निम्ति समस्या भएको पीडित वलिकि आमा सरस्वती ओलीले बताउनुभयो । छोराको उपचारमा आर्थिक सहयोग गरिदिन सम्पूर्णमा आग्रह समेत गर्नु भएको छ ।
सहयोग गर्न चाहानेले एभरेष्ट बैंकको खाता ००१२०५२६२०१७०६ मा रकम जम्मा गरिदिन अनुरोध गर्नुभएको छ ।
सहयोग गर्न चाहनेले ९८६७०८५६६२, ९८४१३७३९६८, ९८४७८२९३५८र ९८०९५१५०७० नम्बरमा सम्पर्क गरेर सहयोग गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।