• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहिरो पीडितलाई ४० हजार बराबरको सहयोग






दाङको बंगलाचुली गाउँपालिका वडा नं.-५ साकिनेकामा घरमाथी बाट खसेको पहिरोले पुरीएर मृत्यु भएका मृतकका परिवारलाई घोराहीका विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् ।

उनिहरुले ४० हजार बराबरको विभिन्न खाद्य सामग्रीहरु बंगलाची गाउँपालिका वडा नं.-५ का अध्यक्ष ऐनुराख खत्री मार्फत पिडित परिवालाई हस्तान्तरण गरेका हुन् ।

मृतकका शसुरा बेवुराम परियार र छोरी एलिसा परियारलाई आधा-आधा सामग्रीहरु दामासायीरुपमा हस्तान्तरण हस्तान्तरण गरीएको हो ।

उनिहरुले १३ बोरा चामल , २ बोरा दाल , ५ लिटर तेल,बेसार ,मसला ,जिरा, पुरनदाना ,चिउरा दालमोठ, १२ वटा कपडा धुने साबुन,१२ वटा नुहाउने सावुन,१२ वटा भाँडा माझ्ने सावुन गरी ४० हजार बराबरको सहयोग गरेका हुन् ।

पहिरो पिडित परिवारलाई नरेन्द्र पुन,नाम नबताउने सर्तमा क्यानडाबाट १५ हजार बरावरको चामल ,गणेश श्रेष्ठ सस्तो किराना पसलका गणेश श्रेष्ठ, रमेन्द्र श्रेष्ठ , शिव एग्रोका शिवराज रेग्मी , बामदेव सुवेदी, दिपक वस्नेत, टि-मार्ट परिवार,मुकेश डिसि ,आदित्य भट्टराई र सुमन अधिकारीले एकमुष्ट सहयोग प्रदान गर्नु भएको हो ।

साउन ७ गते बुधबार राती परेको अविरल वर्षाका कारण घरमाथीबाट आएको पहिरोमा पुरीएर एकाघरका आमा छोरीको मृत्यु भएको थियो । मृतक बाटुली परियारको ४ वर्षकी छोरी एलिसा परियार अहिले अविभावक विहिन भएकी छन् । उनि अहिले मामाको घरमा बस्दै आएकी छन् ।

Facebook Comments