• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा कपडा पेल्ने मेसिन पट्कदा एक जनाकाे मृत्यु, ३ घाइते




रोल्पाको त्रिबेणि गाउँपालिका वडा नम्कर ४ मा पुरानो कपडा पेल्ने मेसिन पट्कदा एक जनाको मृत्यु भएको छ ।

घटनामा परी ३ जना गम्भीर घाइते भएका छन । पुराना कपडा पेलेर सीरक डसना लगायत अन्य कपडा तयार गर्न प्रयोग गरीने उक्त मेसीन पडकीएर बर्दिया घर भइ हाल व्यपारका लागी रोल्पा बस्दै आएका २८ वर्षीया जय कृष्ण न्यौपानेको मृत्यु भएको छ ।

बर्दीया घर भएका विष्णु चन्द्र चौलागाई, कैलालीका जनक न्यौपाने र त्रिबेणी-६ राेल्पा निवासि धन बहादु, पुन गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ ।

घाइतेहरुलाई अञ्चल अस्पताल तुल्सीपुरमा सामान्य उपचार पछि कोहलपुर मेडीकल कलेज लगिएको त्रिवेणी- ४ का वडा सदश्य प्रेमबहादुर बुढामगरले जानकारी दिए ।

उद्योग उद्घाटन कै दिन मेसिन पट्किएकाे बताइएको छ । उद्घाटन स्वरुप मेसीन अन गर्ने वित्तीकै पड्कीएको थियो ।

Facebook Comments