• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठलाई सम्मान





राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङ तथा गजल अभियान दाङकाे संयुक्त अायाेजनामा दाङ घोराहीमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।


विश्वमा प्रचलित १२ वटा भाषामा गीत सङ्गीत गरेवापत विश्वकाे प्रतिष्ठित संस्था ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डरले’ हालै उनलाई याे सम्मान प्रदान गरेको थियो । नेपाली वरिष्ठ गीतकार‌ डा. डी.अार. उपाध्यायद्वारा रचित तथा प्रकाश तिमल्सिना, सागर अधिकारी र स्वयं गीतकार उपाध्याय लगायतका गायकहरुकाे स्वर रहेकाे यस गीतमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन,काेरियन,फेन्च,स्पेन, इटालियन, जर्मन र थाई रहेको छन् ।


राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकाेटाकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार उत्तमकृष्ण मजगैयाँ तथा विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले श्रेष्ठकाे साङ्गीतिक सफलताप्रति शुभकामना प्रकट गर्नुभएको थियो भने विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले यस प्रकारको सम्मान‌ पाउनु सम्पूर्ण गीतसङ्गीत क्षेत्र र राष्ट्रकै लागि समेत गाैरबकाे कुरा हाे भन्दै सबैलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।


गजल अभियान दाङका अध्यक्ष प्रवल विष्टकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गीतकार प्रकाश के.सी.ले गर्नुभएको थियो ।

Facebook Comments