दाङको घोराही उपमहानगरपालिका वडा न ४ गोग्ली चोकदेखि लक्ष्मीपुर जोड्ने बाटो मर्मत गरिएको छ ।
सो सडकको मावि डाडागाउ गोग्लीस्थित अमारेखोलामा कल्भट बने पनि लामो समयसम्म कल्भ को छेउछाउमा नसम्याएकाले समस्या भएको थियो ।
स्थानीय तथा सवारी साधनलाई आवतजावत गर्न समस्या भएको जनगुनासोपछि वडा कार्यालयको सहयोग र लक्ष्मीपुर युवा क्लबका अध्यक्ष पंकज आचार्यको नेतृत्वमा बाटो मर्मत गरिएको क्लबका सदस्य दिलिप आचार्यले जानकारी दिनुभयो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।