दुनियाँले देख्दा म आफैलाई बदनाम लाग्छ
जब कि तिम्रो ओठको गालामा डाम लाग्छ।
सायद बूढो मन भन्दो हो कहिले घाम लाग्छ।
अर्को मनले भन्दो हो मरेपछि आराम लाग्छ।
दोषी को हो मलाई थाहा छ बोल्न मिल्दैन
बोले भने जिन्दगीभर मुखमा लगाम लाग्छ।
भन्यौ कति तीखो बोली धारिलो वचन पनि
मनमा राखेर जाउ कुरा काट्ने काम लाग्छ।
देशको कानुन सम्झेर लाजले निहुरिनु पर्यो
कानुन छैन अपराधी अझै खुलेआम लाग्छ।
नराम्रो काम गरेर नाम प्रख्यात गराउनु छैन
तिमिलाई के लाग्छ, मलाई बदनाम लाग्छ।
सञ्चारले हामीलाई पनि सुविधा दिएकै छ
न हुलाकी लाग्छ, न चिट्ठीको खाम लाग्छ।
उस्ले गाउको अर्गानिक साग सस्तोमा लग्यो
भोलि आफैलाई सहरमा महंगो दाम लाग्छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।