चितवन माडी नगरपालिका कुशुमखोलास्थित अल्पसंख्यक सिमान्तकृत चेपांग समुदायको घरहरू केही दिन अगाडी निकुन्ज प्रशासनले जलाइदिएपछि अहिले पीडितहरु झुपडी जलेकै ठाउँमा पालमुनि बसिरहेका छन् ।

यसैबीच भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालसहित मानबअधिकारकर्मी ,पत्रकारसहितको टोलीले स्थलगत अबलोकन गरेको छ ।

सो क्रममा केही संस्थाले राहत पनि दिएका थिए ।

छिटो भन्दा छिटो मंत्रालयले गठन गरेको छानबिन समितिले सत्य तथ्य छानबिन गर्न माग गरिएको मेयर दाहालले जानकारी दिनुभयो ।

साथै बिस्थापित चेपांग समुदायलाई १ महिनाभित्र सुरक्षित ठाउँमा सुरक्षित आबास निर्माणक पूर्वप्रधानमन्त्री एवं यस निर्वाचन क्षेत्रका सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन बमोजिम माडीका मेयर ढकालले प्रतिबद्धता जनाउनुभएको छ ।
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डबाट एक महिनाभित्र आवास निर्माण गरेर सुरक्षितस्थलमा सारिसक्न नगरपालिकालाई निर्देशन आएको छ ।
संसदीय समिति गठन गर्न माग

माडीका चेपाङमाथि भएको बर्बर दमनको बिषयान्तर गर्न खोजिएपछि माडी नगरपालिकाले संसदीय समिति गठनको माग गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
